हात्तीसँग सेल्फी खिच्दा मियाको ज्यान गयो

२0७८ असार ४ शुक्रबार
हात्तीसँग सेल्फी खिच्दा मियाको ज्यान गयो

उदयपुर, असार ४ 

अहिले सेल्फी खिच्न बालबालिकादेखि युवायुवति हुँदै बृद्धबृद्धासम्म लालायित देखिन्छन् । तर, सेल्फी खिच्ने धुनमा कतिपयको ज्यानै जाने गरेको घट्ना बढ्न थालेको छ । 


भर्खरै मोरङको सुनवर्षी नगरपालिका ८ कुरेलीमा सेल्फी खिच्ने क्रममा सोही ठाउँका २१ वर्षीय मनोहर मियाको हात्ती आक्रमणमा परी ज्यान गएको छ । शुक्रबार विहान ७ः१५ बजे सेल्फी खिच्ने क्रममा मियाको हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो । 


भारतबाट नेपाल पसेको जंगली हात्तीको नजिकै गएर सेल्फी खिच्ने हुँदा आक्रमणमा परी गम्भीर घाईते भएका थिए । तत्काल उद्धार गरी उपचाराार्थ न्युरो अस्पताल लगिएकोमा पुर्‍याउना साथ मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 


मियालाई आक्रमण गरी घाईते बनाएपछि स्थानीयले धपाएको हात्ती छिमेकी स्थानीयतह रतुवामाईतर्फ गएको प्रहरीले जनाएको छ ।