ढालेको रुखले किच्दा एक युवक ठहरै

२0७८ जेष्ठ ३0 आईतवार
ढालेको रुखले किच्दा एक युवक ठहरै

उदयपुर, जेठ ३०

त्रियुगा नगरपालिका ७ पानीधारेस्थित बागेश्वरी सामुदायिक वन समूहमा आईतबार रुखको हाँगोले किच्दा एक कामदारको घट्नास्थ्लमै मृत्यु भएको छ । वन समूहको रुख ढाल्ने क्रममा हाँगोले टाउकोमा लागेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङका २२ वर्षीय सरोज राईको मध्यान्ह १२ः०० बजे मृत्यु भएको हो । 


प्रत्यक्षदर्शी कामदारलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार रुख ढाल्ने क्रममा हाँगो टाउकोमाथि बज्रन पुग्दा बेहोस भएका राईको तत्काल मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुरा डिभिजन वन कार्यालय उदयपुरको कटान आदेश अनुसार वन समूहले रुख काट्न राईलगायत मजदुर खटाएका थिए । 


घट्नाबारे विस्तृत जानकारी लिन जिल्ला प्रहरी कार्यालयबाट निरीक्षक कमाण्डको टोली घट्नास्थल खटेको छ । घट्नास्थलको सर्जमिन मुचुल्का गरी टोलीले मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याउने तयारी गरिरहेको छ । 


घट्नाबारे मृतकका आफन्तलाई खवर गर्ने र थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताएका छन् ।