बोलेरो दुर्घटनामा १ को मृत्यु, ३ घाईते

२0७८ जेष्ठ २९ शनिबार
बोलेरो दुर्घटनामा १ को मृत्यु, ३ घाईते

उदयपुर, जेठ २९

शनिबार साँझ उदयपुरको ताप्ली गाउँपालिका ४ ठानागाउँमा बोलेरो जीप दुर्घटना हुँदा १ यात्रुको घट्नजास्थलमै मृत्यु भएको छ । चालकसहित ३ जना घाईते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 


कटारीबाट कुटानी पिसानी मिलको सामग्री लिएर ठानागाउँतर्फ जाँदै गरेको नं. नखुलेको बोलेरो जीप साँझ ६ः३० बजे ठानागाउँको पोखरीस्थित ठूलो खोल्सामा अनियन्त्रित भएर दुर्घटनामा पर्दा सिन्धुलीको दुघौली नगरपालिकाका इन्द्रबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । 


जीप सडकदेखि ३ सय मिटर तल खसेर उत्तानो परेर पल्टेको अवस्थामा रहेको प्रत्यक्षदर्शी मिलन तामाङले बताएका छन् । दुर्घटनामा परी चालक दिनेश श्रेष्ठ, ताप्ली ४ ज्यामिरेका झगडबहादुर सार्की र डम्बरबहादुर तामाङ घाईते भएका छन् । घाईतेमध्ये चालक श्रेष्ठ र सार्कीको अवस्था गम्भीर रहेको छ भने तामाङ सामान्य घाईते रहेको बताइएको छ । 


प्रहरी चौकी रुपाटार र स्थानीयको सहयोगमा घाईतेहरुको गाउँलेले उद्धार गरी उपचारार्थ कटारी अस्पतालतर्फ पठाइएको स्थानीयले बताएका छन् ।