ढुंगा गिटी बेन्च पाईदैनः मामपा

२0७८ जेष्ठ २८ शुक्रबार
ढुंगा गिटी बेन्च पाईदैनः मामपा

उदयपुर, जेठ २८

माओबादी मजदुर पार्टी (मामपा)ले सरकारले बजेट वक्तव्यमार्फत ल्याएको नेपालका ढुंगा, गिटी, बालुवा विदेश निकासी गर्ने नीति तथा कार्यक्रमको बिरोध जनाएको छ । पार्टीले भर्खरै विज्ञप्ती प्रकाशित गरी चुरे तथा नदी दोहन गर्ने सरकारी नीति देश बेच्नुसरह भएको भन्दै भत्र्सना गरेको छ । 


ढुंगा, गिटी, बालुवा विदेश निकासी गर्ने सरकारी नीतिले चुरे वन र जंगललाई जोगाउनुको साटो वन क्षेत्र नै भारतलाई बेच्नुसरह भएको भन्दै यो निर्णय सरकारको राष्ट्रघाती कदम उठाएर पैसा कमाउन खोजेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा यसले वातावरण विनाश हुनुका साथै भूकम्प निम्त्याउने तथा देश सिद्ध्याउने खेल भएकोमा पार्टीले गम्भीर निन्दा र भत्र्सना गरिएको छ ।  


केन्द्रीय महासचिव हिमालसिंह राईद्वार जारी विज्ञप्तीमा यो राष्ट्रघाती कदम तत्काल रोकेर देश बचाउन पनि सरकारसँग आग्रह गरिएको छ ।