'०५१ एसएसली व्याजी'को प्रशंसनीय काम

२0७८ जेष्ठ २७ बिहीबार
'०५१ एसएसली व्याजी'को प्रशंसनीय काम

उदयपुर, जेठ २७

सदरमुकाम गाईघाटस्थित त्रियुगा माविको ०५१ सालको एसएलसी व्याजी समूहले अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गरेको छ । जारी कोविड महामारीबाट बँच्न र बँचाउन अक्सिजन प्लान्ट खोल्न सहयोग अभियान चलाईरहेको बेलका नगरपालिका, उदयपुर कोविड अस्पताल र गाईघाट आँखा अस्पतालस्थित आईसोलेसन सेन्टरलाई नगद र खाद्यान्न सहयोग गरेको हो । 


समूहका सदस्य राजकुमार कोयुका अनुसार कोविड महामारी रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले ०५१ सालको एसएलसी व्याजी समूह गठन गरी व्यक्तिगत रकम संकलन गरेको ६५ हजार बराबरको सहयोग गरिएको हो । जस अनुसार समूहले बेलकामा अक्सिजन प्लान्ट खोल्न ३२ हजार ५१ रुपैंया प्रदान गरेको छ भने कोविड अस्प्ताल बेलटारलाई २० हजार मूल्य बराबरको खाद्य सामग्री दिएको कोयुले बताए । 

 


समूहले बेलटारलाई ७५ किलो चना, ५० किलो मटर र १ सय किलो आलु सहयोग गरेको छ भने गाईघाटस्थित आईसोलेसन सेन्टरलाई १० हजार मूल्य बराबरको पोष्टिक आहार हर्लिकस प्रदान गरेको छ । 

 

त्यसैगरी त्रियुगा नगरपालिका १० बोक्सेचोकका अति बिपन्न बृद्धबृद्धा दम्पतिलाई औषधि किन्न रकम प्रदान गरेको छ । समूहका सदस्य किसन राईका अनुसार बृद्धबृद्धा मानबहादुर लिम्बु दम्पतिलाई औषधि किन्न भनेर समूहले ५ हजार नगद समूहले प्रदान गरेको हो । 


समूहका अर्का सदस्य सागर नेपालका अनुसार कोविडलगायत बिभिन्न खाले बिपतका बेला सहयोग जुटाउने उदेश्यले ०५१ एसएलसी व्याजीको समूहले थापना गरेको आफ्नै कोषबाट बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।