उदयपुरमा कोविडः २४ घण्टामा २१ थपिए, ९१ जना निको

२0७८ जेष्ठ २७ बिहीबार
उदयपुरमा कोविडः २४ घण्टामा २१ थपिए, ९१ जना निको

उदयपुर, जेठ २७


उदयपुरमा पछिल्लो २४ घण्टामा ९१ जना संक्रमित कोविड पचेर निको भएका छन् । यो संख्या अहिलेसम्मकै सबभन्दा बढी हो । पछिल्लो २४ घण्टामा जिल्लामा १४ महिलासहित २१ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ जना लिमचुङबुङका पुरुष हुन् भने बाँकी सबै त्रियुगा नगरपालिकाका हुन् । 


नयाँ थपसँगै जिल्लामा सक्रीय संक्रमितको संख्या १ हजार ७५ मा झरेको छ । जसमा महिला ५ सय ९१ जना छन् । अघिल्लो दिन महिला ५ सय १७ र बाँकी पुरुष गरी १ हजार १ सय ४५ सक्रीय संक्रमित थिए ।   संक्रमतिमध्ये त्रियुगाका २ सय ४४ महिलासहित ५ सय ३५ छन् भने कटारीका ५१ महिलासहित १ सय १७, बेलकाका ६१ महिलासहित १ सय २५ र चौदण्डीगढीका ५८ महिलासहित १ सय २३ छन् । त्यस्तै लिमचुङबुङका ३१ महिलासहित ६४, रौतामाईका २७ महिलासहित ५६, उदयपुरगढीका १६ महिलासहित ४४ र ताप्लीका ४ महिलासहित ११ जना संक्रमित उपचाररत छन् ।


जसमध्ये उदयपुर कोविड अस्पताल बेलटारमा २४ महिलासहित ४२ र आँखा अस्पताल गाईघाटको आईसोलेसन सेन्टरमा २ महिलासहित १६ जना उपचारमा छन् । बाँकी संक्रमितहरु धेरैजसो होमआईसोलेसनमा छन् भने कोही धरान र बिराटनगरका बिभिन्न अस्पतालमा उपचार भईरहेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 


हालसम्म निको हुनेहरु त्रियुगाका ८३ महिलासहित २ सय २४ पुगेका छन् भने चौदण्डीगढीका ५८ महिलासहित १ सय ४, बेलकाका ३४ महिलासहित ६३ र कटारीका १४ महिलासहित ३५ जना छन् । त्यस्तै लिमचुङबुङका १८ महिलासहित ३६, रौतामाईका ७ महिलासहित ३६, उदयपुरगढीका ४ महिलासहित ९ र ताप्लीकी १ महिला निको भएका छन् । 


उता उदयपुर कोविड अस्पताल बेलटारमा बिहीबार ५८ महिला र ९५ पुरुष गरी १ सय २२ जनाको एन्टीजेन परीक्षण गर्दा १७ महिलासहित १७ जनामा संक्रमण देखिएको छ । कोविड अस्पतालका फोकलपर्सन तेजबहादुर पोखरेलका अनसार संक्रमितमध्ये २४ महिलासहित ४२ जनाको अस्पतालमा उपचार भईरहेको छ भने ३७ महिलासहित ८१ जना होमआईसोलेसनमा छन् । 


बिहीबार अस्पतालबाट ९ महिलासहित १८ जना निको भएका छन् भने होमआईसोलेसनबाट १३ महिलासहित २७ जना निको भएका छन् । यसरी अस्पतलार होमआईसोलेसन गरी चौदण्डीगढीका २२ महिलासहित ४५ जना निको भएको फोकलपर्सन पोखरेलले बताए । 


यता जिल्ला प्रहरी कार्यालयले बिहीबार पनि निशेधाज्ञा उल्लंघन गर्ने ५१ सवारी साधनमाथि कारबाही गरेको छ भने अनावश्यक बजार हिडडुल गर्ने १ सय २१ जनालाई सम्झाईबुझाई घर पठाएको छ । त्यस्तै बिभिन्न ठाउँमा कोविडविरुद्ध जनचेतनामूलक माईकिङ र प्रचार प्रसार १ सय २७ ठाउँमा गरेको जनाएको छ । प्रहरीका अनुसार बिहीबारसम्ममा जिल्लाका १ हजार ५ सय ७९ जनामा कोविड संक्रमण पुष्टि भएको छ भने मृतक संख्या अघिल्लो दिनकै ४८ जना स्थीर रहेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए ।