कोविड अपडेटः उदयपुरमा नयाँ संक्रमित १३, निको हुने २२, मृत्यु २ 

२0७८ जेष्ठ २३ आईतवार
कोविड अपडेटः उदयपुरमा नयाँ संक्रमित १३, निको हुने २२, मृत्यु २ 

उदयपुर, जेठ २३


पछिल्लो २४ घण्टामा उदयपुरमा ४ महिलासहित १३ जना नयाँ संक्रमित थपिदा १० महिलासहति २२ जना निको भएका छन् । नयाँ संक्रमितहरु त्रियुगाका ८, कटारीका ४ र बेलकाका १ जना छन् । 


पछिल्लो तथ्यांक अनुसार गएको २४ घण्टामा १० महिलासहित २२ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या जिल्लामा १ सय ४२ महिलासहित ३ सय २८ पुगेको छ । 


हालसम्म निको हुनेमा त्रियुगाका ५३ महिलासहित १ सय ३३, कटारीका ६ महिलासहित १६, चौदण्डीगढीका ३८ महिलासहित ८९, बेलकाका २३ महिलासहित ४३ रहेका छन् । लिमचुङबुङका १५ महिलासहित ३०, रौतामाईका ३ महिलासहित १०, उदयपुरगढीका ३ महिलासहित ६ र ताप्लीका एक महिला निको भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 


जिल्लामा हाल ५ सय ८ महिलासहित सक्रीय संक्रमितको संख्या १ हजार १ सय ३१ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जाएको छ । स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीका अनुसार हाल त्रियुगामा २ सय ३९ महिलासहित ५ सय ४६ को उपचार भईरहेको छ भने बेलकाका ६८ महिलासहित १ सय ३५, चौदण्डीगढीका ६२ महिलासहित १ सय २४ र कटारीका ५३ महिलासहित १ सय १८ को उपचार भईरहेको छ । 


त्यस्तै रौतामाईका ३१ महिलासहित ८२, लिमचुङबुङका २४ महिलासहति ६८, उदयपरगढीका १७ महिलासहित ४७ र ताप्लीका ४ महिलासहित ११ सक्रीय संक्रमितको उपचार भईरहेको छ । उनीहरुको उपचार सदरमुकाम गाईघाट, बेलटारको उदयपुर कोविड अस्प्ताल, धरान र विराटनगर तथा होमआईसोलेसनमा उपचार भईरहेको छ । 


स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलका अनुसार पछिल्लो २४ घण्टामा उदयपुरका थप २ जनाको मृत्यु भएको छ । प्रादेशिक कोविड अस्प्ताल बिराटनगरमा चौदण्डीगढी ७ की ५७ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ भने त्रियुगा १३ का एक ३९ वर्षीय पुरुषको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आईतबार मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या उदयपुरमा ११ महिलासहित ४४ पुगेको छ ।