कोविड अपडेटः ५९ संक्रमित थपिए, २७ निको

२0७८ जेष्ठ २२ शनिबार
कोविड अपडेटः ५९ संक्रमित थपिए, २७ निको

उदयपुर, जेठ २२

पछिल्लो २४ घण्टामा २४ महिलासहित ५९ जनामा कोविड संक्रमण देखिएको छ । यो सँगै जिल्लामा सक्रीय संक्रमितको संख्या १ हजार १ सय ४२ पुगको छ जसमा महिलाको संख्या ५ सय १५ रहेको छ ।


स्वास्थ्य कार्यालय उदयपुरको अभिलेख अनुसार पछिल्लो २४ घण्टा मा निको हुनेको संख्या २७ पुगेको छ । निको हुने सबै महिला रहेको स्वास्थ्यले जनाएको छ । यो सँगै निको हुनेको संख्या ३ सय ८ पुगेको छ, जसमा महिला १ सय ३१ रहेका छन् । 


अघिल्लो दिन उदयपुरका ३ संक्रमितको बिभिन्न असपतालमा उपचारको क्रममा ज्यान गएको छ । बेलका नगरपालिका ५ का ६० वर्षीय पुरुष, चौदण्डीगढी ६ का ४४ वर्षीय र उदयपुरगढी ३ का ५२ वर्षीय पुरुषको बिराटनगरमा ज्यान गएको स्वास्थ्यले जनाएको छ । 


शनिबार थपिएका संक्रमितहरु त्रियुगाभन्दा बाहिरका भएको स्वास्थ्यको अभिलेखले देखाएको छ । नयाँ संक्रमितहरु बेलका नगरपालिकाका १९ जना छन् भने चौदण्डीगढीका १७, लिमचुङुङका १२ र उदयपुरगढीका ११ जना रहेका छन् । संक्रमितमध्ये महिला २५ जना छन् ।


स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीका अनुसार हाल त्रियुगा नगरपालिकामा २ सय ३६ महिलासहित ५ सय ३९ सक्रिय संक्रमित छन् । निको हुने त्रियुगाका संक्रमितमा ५३ महिलासहित १ सय ३३ पुगेका छन् । त्रियुुगाका ७ महिलासहित ३३ को मृत्यु भईसकेको छ । 


कटारीमा ५२ महिलासहित १ सय १४ संक्रमित हुँदा ६ महिलासहित १६ जना निको भईसकेका छन् भने १ महिलासहित ३ जनाको ज्यान गएको छ । चौदण्डीगढीमा ६३ महिलासहित १ सय २६ संक्रमित हुँदा ३८ महिलासहित ८९ जना निको भएका छन् भने ३ महिलासहित ८ जनाको ज्यान गएको छ ।


बेलकामा ६७ महिलासहित १ सय ३४ संक्रमित उपचाररत रहँदा २३ महिलासहित ४३ निको भएका छन् भने ३ पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 


गाउँपालिकातर्फ रौतामाईमा ३१ महिलासहित ८२ उपचाररत रहँदा ३ महिलासहित १० जना निको भएका छन् । १ पुरुषको ज्यान गएको छ । उदयपुरगढीमा ३१ महिलासहित ८२ को उपचार भईरहँदा ३ महिलासहित ६ जना निको भएका छन् भने १ महिलासहित ३ जनाको ज्यान गएको छ । लिमचुङबुङमा ४५ महिलासति ८९ जना संक्रमित हुँदा ४ महिलासहित ९ जना निको भएकोमा १ पुरुषको मृत्यु भएको छ । ताप्लीमा ४ महिलासहित ११ जना संक्रमितको उपचार भईरहेको छ भने एक महिला निको भएको स्वास्थ्यले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका अुनसार उदयपुरमा हालसम्म कोविड भेरिएन्टबाट १ हजार ३ सय ७० जनामा संक्रमण पुष्टि भईसकेको छ । प्रहरीका अनुसार शनिबार ९ सय ३८ जनाको एन्टीजेन र ३ सय ९० को पिसिआर परीक्षण गरिएको छ । 

शनिबार प्रहरीले निशेधाज्ञा अवज्ञा गर्ने ४१ वटा सवारी साधन पक्राउ गरेको छ भने अनावश्यक हिडडुल गर्ने १ सय २ जनालाई सम्झाई बुझाई घर पठाएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन् । दाहालका अनुसार कोविडका कारण जिल्लामा मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।