यौन पिपासु बाबुले छोरी नै चिनेनन् 

२0७८ जेष्ठ २0 बिहीबार
यौन पिपासु बाबुले छोरी नै चिनेनन् 

कटारी, जेठ २०

आफ्नै छोरी पनि नचिन्ने यौन पिपासु बाबु प्रहरी फन्दामा परेका छन् । १५ वर्षीया बालिका छोरीमाथि जवरजस्ती गर्ने यी नरपिचास हुन् कटारी नगरपालिका १ बेलसोतका ३५ वर्षीय पुरुष । 


छोरीमाथि जवरजस्ती गरेको किटानी जारहेर आएपछि खटेको प्रहरी टोलीले उनलाई गाउँबाटै पक्राउ गरेको हो । छोरीमाथि उनले गत मंगलबार राति ८ः०० बजे जवरजस्ती गरेको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ । 


छोरीमाथि जवरजस्ती गरेर फरार भएको उजुरीका आधारमा इप्रका कटारी डिएसपी डिएसपी हेमन्त भण्डारी नेतृत्वको टोलीले खोजतलास गरेर लुकिरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ । 


उनलाई इप्रका कटारीको हिरासतमा राखेर अनुसन्धान सुरु भएको र जवरजस्ती करणी ऐन अन्तरगत कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ ।