कोविड संक्रमित ३८ थपिदा १० निको

२0७८ जेष्ठ १९ बुधबार
कोविड संक्रमित ३८ थपिदा १० निको

उदयपुर, जेठ १९

बुधबार उदयपुरका थप ३८ जनामा कोविड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बुधबार त्रियुगा, बेलका, ताप्ली, उदयपुरगढी र रौतामाईमा गरी २० महिलासहित ३८ संक्रमित थपिएका छन् । 


त्रियुगामा १० महिलासहित १९ जना थपिएका छन् भने उदयपुरगढीमा ४ महिलासहित ७, ताप्लीमा २ महिलासहित ६, बेलकामा १ महिलासहित ५ र रौतामाईमा १ पुरुष संक्रमित पाइएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताएका छन् । उनका अनुसार यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ७२ महिलासहित १ हजार ४४ पुगेको छ । 


बुधबार ३ महिलासहित १० जना निको भएर घर फर्केका छन् । उनीहरु सबै उदयपुर कोविड अस्प्ताल बेलटारमा उपचाररत थिए । त्यस्तै होमआईसोलेसनमा उपचारत संक्रमितहरु पनि १० जना निको भएको चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले बताए । 


उनका अनुसार १५ महिलासहित ३३ जना नयाँसहित ५५ जनाको एन्टीजेन परीक्षण गर्दा ८ महिलासहित १७ जनामा संक्रमण पुष्टि भएको छ । हाल अस्पतालमा २४ महिला र १८ पुरुष गरी ४२ जना उपचाररत रहेको पोखरेलले बताए । 


यता सदरमुकामस्थित आँखा अस्पतालको आईसोलेसन सेन्टरमा बुधबार २ पुरुष संक्रमित भर्ना भएर उपचारमा छन् । जम्मा २ महिलासहित १७ जनाको त्यहाँ उपचारर भईरहेकोमा १४ जनालाई अक्सिजन दिएर उपचार गर्नु परेको फोकलपर्सन शिवकुमार यादवले बताए । ३ जना भने साधारण उपचारमा रहेको यादवले बताएका छन् । 


बुधबार १० संक्रमित निको भएर फर्केसँगै जिल्लामा हालसम्म निको हुनेको संख्या २ सय ४९ पुगेको छ । जसमा महिला १ सय ७ जना रहेका छन् । निको हुनेमा त्रियुगाका ४२ महिलासहित १ सय ५, चौदण्डीगढीमा २७ महिलासहित ६३, बेलकामा २२ महिलासहित ४१ र कटारमिा ६ महिलासहित १६ रहेका छन् । 

त्यस्तै रौतामाईमा २ महिलासहित ९, लिमचुङबुङमा ४ महिलासहित ८, उदयपुरगढीमा ३ महिलासहित ६  ताप्लीमा १ महिला निको भएका छन् । 


त्रियुगाका १ र लिचकुङबुङका १ गरी बुधबार २ जनाको मृत्यु भएको छ । पछि हालसम्म जिल्लामा मृतक संख्या ३८ पुगेको छ । मृतकहरुमा त्रियुगाका ७ महिलासहित २३, चौदण्डीगढीमा २ महिलासहित ६, कटारीका १ महिलासहित ३, उयदपुरगढी र बेलकामा क्रमशः २–२ र लिचचुङबुङमा १–१ पुरुष छन् । ३८ मध्ये ११ महिला र बाँकी पुरुष संक्रमितको मृत्यु भएको छ । 

 

निशेधाज्ञा नमान्नेलाई कारबाही

बढ्दो कोविड संक्रमण र मृत्यु भईरहदा पनि मानव चलखेल कम नभएपछि जिल्ला प्रहरी कार्यालयले कडाई गर्न थालेको छ । यसै क्रममा बुधबार निशेधाज्ञा उल्लंघन गर्ने ५६ वटा सवारीसाधन पक्राउ गरिएको छ । त्यस्तै ३ सय ८८ जनाको पिसिआर र ८ सय २६ को एन्टीजेन परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


त्यस्तै अनावश्यक हिडडुल गर्ने १ सय ९१ जनालाई समझाईबुझाई गरिएको छ भने १ सय ९९७ ठाउँमा जनचेतनामूलक कार्यक्रमका लागि माईकिङ गरिएको छ । प्रहरी प्रमुख एसपी भीम दाहालले संक्रमण रोक्ने उदेश्यले निशेधाज्ञा लागू गरिए पनि उल्लंघन गर्ने क्रम बढेपछि प्रहरीले नियमन गर्ने क्रममा यस्तो कदम चाल्नु परेको बताए ।