कोविडबाट बँचाउन तपेश्वरीका ३० परिवारलाई राहत 

२0७८ जेष्ठ १९ बुधबार
कोविडबाट बँचाउन तपेश्वरीका ३० परिवारलाई राहत 

उदयपुृर, जेठ १९
 

कोविडविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन बेलका नगरपालिका २ तपेश्वरीका ३० घर परिवारलाई राहत उपलब्ध गराइएको छ । संक्रमितहरुको उद्धारका लागि गठित ‘जिल्ला कोभिड दु्रत प्रतिकार्य समूह’ उदयपुरले तपेश्वरीका होमआइसोलेसनमा रहेका प्रभावित घरधुरीलाई राहत उपलब्ध गराएको हो । 
 

कोविड प्रभावित तपेश्वरी क्षेत्रका गरिव, अशक्त, दलित, जनजातिलगायत ३० घरधुरीलाई समूहले बुधबार राहत प्रदान गरेको हो । रोग प्रतिरोधात्मक क्षमता बढाउने पोषिलो खानेकुराको प्याकेज उपलब्ध गराइएको समूहका संयोजक भरत खड्काले बताए । कोविड संक्रमित परिवारका मान्छे घरमै बस्ने वातावरण बनाउन र रोगसँग लड्ने क्षमता बृद्धि गर्न चना, मटर, सखर, चिउरा, आलुलगायत पोषिलो खानेकुराहरु बितरण गरिएको खडकाले बताए । 
 

राहत सामग्री समूहले त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईलीको सहयोगमा जुटाएको जनाइएको छ । बुधबार समूहका १ नं. प्रदेस समिति संयोजक महेश्वरी राई, अध्यक्ष खड्का, सदस्यहरु सागर नेपाल, माया भण्डारी, कल्पना राई, सन्तोष बस्नेतलगायतको टोलीले सामग्री बितरण गरेको हो । टोलीले स्थानीयलाई बितरण गर्नेगरी वडाध्यक्ष मिश्रीलाल चौधरीलाई राहत सामग्री प्रदान गरेको हो । 
 

कार्यक्रममा वडाध्यक्ष चौधरीले समूहबाट उपलब्ध सामग्री स्थानीय घरधुरी परिवारलाई बितरण गर्ने बताए । उनले भोकसँग लाड्दै आएका गरिव तथा बिपन्न परिवारमाथि कोविड महामारी आईलागेपछि थप समस्य उत्पन्न भएका बेला समूहले राहत उपलब्ध गराएकोमा धन्यबाद दिए ।  पोसिलो खानेकुरा दिएर सहयोग गरेकोमा समूहप्रति वडाध्यक्ष चौधरी र सदस्य बिचारी सार्कीले धन्यबाद दिएका थिए । तपेश्वरीबासीलाई हालसम्म नगरपालिका र अन्य कुनै निकायबाट राहत र स्वास्थ्य सामग्री नदिएको गुनासो पनि वडाध्यक्ष चौधरीले गरे ।