उदयपुर अस्पतालका ३ डा.सहित १९ संक्रमित

२0७८ जेष्ठ १७ सोमबार
उदयपुर अस्पतालका ३ डा.सहित १९ संक्रमित

उदयपुर, जेठ १७

कोविड संक्रमितको उपचार गर्ने डा.हरु नै संक्रमित भएपछि उदयपुर अस्पतालको सेवा प्रभावित भएको छ । संक्रमितको उपचार गर्ने मुख्य थलो उदयपुर जिल्ला अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डल र २ मेडिकल अधिकृत डा.सहित १९ जना संक्रमित भएपछि सेवा प्रभावित भएको हो । 


 डा. मण्डल, २ डाक्टर, ७ नर्स, ४ जना प्रशासन कर्मचारी, २ कार्यालय सहयोगी र अन्य ३ जना गरी ११ महिलासहित १९ जनामा संक्रमण भएपछि सेवा प्रभावित हुन पुगेकोमा मेसु डा. मण्डल, ५ नर्स, ३ प्रशासन कर्मचारी र अन्य ३ जना निको भएर मंगलबारदेखि काममा फर्केका छन् । 


२ मेडिकल अधिकृत, २ नर्स र अन्य ३ जना भने अझै होम आईसोलेसनमा रहेर उपचाररत रहेको डा. मण्डलले बताए । डा. मण्डल जेठ पहिलो साता शरीर र टाउको दुख्ने लक्षण देखिएपछि पिसिआर जाँच गराउँदा संक्रमण पुष्टि भएपछि क्वाटर (आवास)मै होमआईसोलेसनमा रहेका थिए । उनको १० दिनपछि चेक गर्दा रिपोर्ट नेगेटिभ आएको हो । 


डा.सहित ठूलो संख्यामा स्वास्थ्यकर्मी आईसोलेसनमा बस्नु परेपछि कोविड बिरामीले सहज उपचार पाउन सकिरहेका थिएनन् । उपचारमा रातदिन खट्ने अग्रमोर्चाका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि दुईसातायता अस्पतालको सेवा प्रभावित भएकोमा  मंगलबार १२ जना निको भएर काममा फर्केपछि उपचार सेवा केही सहज भएको डा. मण्डलले बताए । 


 जिल्ला अस्पतालसँगै गाईघाटमा आँखा अस्पतालमा स्थापना गरिएको आईसोलेसन सेन्टरमा अक्सिजनसहितको कोविड उपचार केन्दै सुचारु गरिएको छ । जिल्ला अस्पतालमा इमरजेन्सीमा कोविडको उपचार हुन्छ भने आँखा अस्पतालमा ञ्५ बेड अक्सिजनसहित ४० शैयाको आईसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ । 


आईसोलेसन सेन्टरका फोकलपर्सन शिवकुमार यादवका अनुसार हाल त्यहाँ १५ जनालाई अक्सिजन दिएर उपचार भईरहेको छ भने बाँकी ७ जना नर्मल बिरामी गरी २२ जनाको उपचार भईरहेको छ । भवन पूर्णरुपमा निर्माण नभईसकेकाले सबै शैयामा अक्सिजन राख्न नमिलेर भुईतलाको १५ बेडमा मात्र अक्सिजन जडान गरिएको यादवले बताए ।

 

मंगलबार ६० संक्रमित थपिए, निको हुनेको संख्या २३७
 

उदयपुरमा मंगलबार थप ६० जनामा कोविड संक्रमण देखिएको छ । २६ महिलासहित ६० जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा संक्रमित संख्या ४ सय ३५ महिलासहित ९ य ७१ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिकाका ३६ जना थपिएका छन् भने चौदण्डीगढीका १३, बेलकाका ७ र ताप्ली गाउँपालिकाका ४ जना नयाँ संक्रमित फेला परेका छन् । 

 

स्वास्थ्य कार्यालयका फोकलपर्सन उमेश लुईटेलका अनुसार मंगलबार २ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या जिल्लामा १ सय २ महिलासहित २ सय ३७ पुगेको छ । निको हुनेमा त्रियुगाका ३९ महिलासहित ९९, चौदण्डीगढीका २५ महिलासहित ५८, बेलकाका २२ महिलासहित ४१ र कटारीका ६ महिलासहित १६ जना छन् । 


त्यस्तै गाउँपालिकातर्पm रौतामाईमा २ महिलासहित ९ जना, लिमचुङबुङमा ४ महिलासहित ८, उदयपुरगढीमा ३ महिलासहित ५ र ताप्लीमा एक महिला निको भएको लुईटेलले बताए । अव जिल्लामा सक्रिय संक्रमितहरु त्रियुगामा २ सय ११ महिलासहित ४ सय ७५, कटारीमा ५२ महिलासहित १ सय १४, चौदण्डीगढीका ५८ महिलासहित १ सय १८ र बेलकाका ५१ महिलासहित १ सय ४ जना छन् । 


गाउँपालिकातर्फ रौतामाईका २५ महिलासहित ७२, लिमचुङबुङका २७ महिलासहित ५२, उदयपुरगढीका १० महिलासहित ३१ र ताप्लीका ४ पुरुष उपचारमा रहेका छन् । धेरैजसो संक्रमित होमआईसोलेसनमा छन् भने अन्यको उदयपुर कोविड अस्पताल बेलटार, गाईघाट आँखा अस्पताल तथा बिराटनगर र धरानमा उपचार भईरहेको छ । 


हालसम्म उदयपुरका ११ महिलासहित ३५ जनाको ज्यान कोविडले लिईसकेको छ । पछिल्लो पटक गत १४ र १५ गते १ महिलासहित ४ जनाको मृत्यु भएयता कसैको ज्यान गएको छैन । १४ गते चौदण्डीगढी ६ की ६३ वर्षीया महिला र त्रियुगा नगरपालिकाका १३ का ९० वर्षीय पुरुषको बिराटनगरमा मृत्यु भएको थियो । त्यस्तै १५ गते चौदण्डीगढी ६ कै ७६ वर्षीय र त्रियुगा ११ का ४५ वर्षीय पुरुषको पनि बिराटनगरमै ज्यान गएको लुईटेलले बताएका छन् ।