सेभ द चिल्ड्रेनद्वारा उदयपुरलाई १४ लाखको स्वास्थ्य सामग्री

२0७८ जेष्ठ १७ सोमबार
सेभ द चिल्ड्रेनद्वारा उदयपुरलाई १४ लाखको स्वास्थ्य सामग्री

उदयपुर, जेठ १७

कोविड कहरले गिजोलिएको उदयपुरबासीका लागि सेभ द चिल्ड्रेनले बिभिन्न किसिमका स्वास्थ्य सामग्री सहयोग गरेको छ । सेभले साझेदार संस्था बाल विकास समाज (सिडिएस) उदयपुरमार्फत एन्टीजेन किट, पल्स अक्सिमिटर, पिपिई सेट, मास्क र ग्लोबलगायत बिभिन्न किसिमका सामग्री सहयोग गरेको हो । 


अघिल्लो दिन आयोजित एक कार्यक्रममा सिडिएसकी उपाध्यक्ष सीता तामाङले १४ लाख बराबरको स्वास्थ्य सामग्री सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेललाई हस्तान्तरण गरिन् । तामाङले कोभिड शंकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मार्फत जिल्लाबासीलाई बितरण गर्नेगरी स्वास्थ्य सामग्री प्रदान गरेकी हुन् । 

 

 

हस्तान्तरित सामग्रीहरु एन्टीजेन किट १ हजार २ सय थान, पिपिई सेट १ सय ८० थान, ३ हजार ५ सय थान मास्क, ३० थान शब बोक्ने झोला (डेथबोडी व्याग), १० थान पल्स अक्सिमिटर र ५ थान अस्पताल शैया प्रदान गरेको रहेको सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिपकराज बुढाथोकीले बताए । 


उता सिडिएसको कार्यक्रम सञ्चालन भईरहेको उदयपुरगढी गाउँपालिकालाई पनि स्वास्थ्य सामग्री सेभले दिएको छ । बुढाथोकीका अनुसार उदयपुरगढीलाई ३ सय थान एन्टीजेन किट, २० थान पिपिई सेट, ५ सय सर्जिकल मास्क, १ सय जोर ग्लोबलगायत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । 


मंगलबार एक कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर र प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीलाई सिडिएसका सचिव देव गिरीले स्वास्थ्य सामग्री हस्तान्तरण गरे । उदयपुरगढीलाई १ लाख ६९ हजार ६ सय ९७ रुपैंया मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको बुढाथोकीले बताए । 


कोविड कहर खेपिरहेका उदयपुरबासीको स्वास्थ्य सुरक्षाका लागि सेभले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री प्रदान गरेको हो । सहायक सिडिओ पोखरेललाई दिइएको सामग्री डिसिसिएमसीमार्फत आवश्यक्ताका बिभिन्न स्थानीयतहलाई बितरण गरिने छ । 


सहायक सिडिओ पोखरेलले कोविड शंकटमा सहयोग गर्ने सेभ द चिल्डे«न र सिडिएस परिवारलाई धन्यबाद दिए । महामारीलाई परास्त गर्न सबै सतर्क हुन, स्वास्थ्य मापदण्ड अपनाउन र घरभित्रै बस्न उनले आग्रह गरे । डिसिसिएमसी लगातार ३ सातादेखि जिल्लामा जारी गरेको निशेधाज्ञाले हाल बिस्तारै संक्रमण घट्दै र निको हुने क्रम बढ्दै गएको बताउँदै उनले अझै केहीदिन घरभित्रै सुरक्षित बस्न आग्रह गरेका छन् ।