विद्या-केपीको प्रतिगमनविरुद्ध बेलकाका ६ दलको बिरोध

२0७८ जेष्ठ १६ आईतवार
विद्या-केपीको प्रतिगमनविरुद्ध बेलकाका ६ दलको बिरोध

रामपुर, जेठ १६

बेलका नगरपालिकोमा कृयासिल बिभिन्न राजनीतिक दलहरुले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्ग ओलीको संसद बिघटनको बिरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत बेलकाका ६ राजनीतिक दलहरुले आईतबार संयुक्त प्रेस बिज्ञप्ती जारी गरी संसद बिघटनको कदमलाई प्रतिगमनको निरन्तरताको संज्ञा दिएका हुन्।


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली स्वेच्छाचारी ,निरंकुश र प्रतिगमनकारी भएको ठहर गर्दै विज्ञप्तीमा उक्त कदमको घोर निन्दा र भत्सर्ना गरेका छन् । बिज्ञप्तीमा नेपाली जनताको आँशु , पसिना र रगतले लेखिएको संविधानमा अन्तर्निहित संघीय लोकतान्त्रिक , गणतन्त्र , समावेशी, समावेशी, समानुपातिक व्यवस्था एबम् नेपालको सर्वोपरी राष्ट्रीय हितको रक्षाका लागि दृढतापुर्वक अगाडि बढ्न आम सचेत नागरिकहरुलाई आग्रह गर्दै ऐक्यबद्ध हुन अपिल पनि गरिएको छ । 


कॉग्रेस नगर सभापति शुसिल सेढॉई, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष मनोज तामाड०, नेकपा एमाले जिल्ला सदस्य धनपति आचार्य, जसपाका नगर अध्यक्ष सुरेन्द्र राई, राप्रपा नगर अध्यक्ष टिकाराम शर्मा ,र नेकपा (काक्र्सबादी) बेलका नगर सचिव सुकदेव चौधरीले संयुक्त विज्ञप्तीमा हस्ताक्षर रहेको छ । 


संयुक्त गठबन्धनको आईतबार बसेको बैठकले प्रतिगामी कदमविरुद्ध विरोध गर्ने निर्णय भए अनुसार प्रेस बिज्ञप्ती जारी गरिएको नेकपा माओबादी केन्द्रका नगर प्रवक्ता ललित राईले बताए । उनका अनुसार बैठकले प्रतिगमनविरुद्ध थप भावि कार्यक्रम पार्टीको आन्तरिक सर्कुलरपछि तय गर्दै लैजाने निर्णय भएको छ ।