कोविडबाट बँचाउन आयुर्वेदिन औषधि निशूल्क बितरण

२0७८ जेष्ठ १६ आईतवार
कोविडबाट बँचाउन आयुर्वेदिन औषधि निशूल्क बितरण

उदयपुर, जेठ १६

जारी कोविड भेरिएन्ट महामारीका बिरामीलाई उपचार तथा संभावित संक्रमण रोक्न उदयपुरमा आयुर्वेदिक औषधि निशूल्क बितरण गरिएको छ । नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघ उदयपुरले बिभिन्न ठाउँमा औषधि बितरण गरेको हो ।  


संघले सदरमुकामस्थित कोविड अस्पताल गाईघाट तथा चौदण्डीगढी ६ सातधारे बेलटारस्थित उदयपुर कोविड अस्पतालमा उपचाररत संक्रमितलाई बिभिन्न ५ किसिमका औषधि बितरण गरेको जनाएको छ । संघका पदाधिकारी र चिकित्सक टोली दुवै अस्पताल पुगेर औषधि बितरण गरेको अध्यक्ष ओमरामज लिम्बुले बताए । 


लिम्बुका अनुसार दुवै अस्पताललाई २४ पिसका दरले अश्वगन्धा चुर्ण, १२ पिस तुलसी चिया, १२ पिस क्रकटु चुर्ण, १० पिस गिलोय इम्युनो र १२ पिस सीतापलादी चुर्ण उपलब्ध गराइएको छ । लगभग ५० हजार मूल्यबराबरको औक्षधि बितरण गरेको र यसले संक्रमितलाई उपचार, आत्मबल बढाउन र प्रतिरोधक क्षमता बृद्धि गर्न काम गर्ने लिम्बुले बताए । भाईरस संक्रमित बिरामीलाई आत्मबल बलियो बनाउने तथा प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने औषधि बितरण गरेको हो । 


दुईसाताअअघि पनि गाईघाट र बेलटारमा ‘इम्युन क्वाथ’ नामक आयुर्वेदिक औषधि निशूल्क बितरण गरिएको थियो । सम्राट आयुर्वेद गाईघाट र धनवन्तरी आयुर्वेद बेलटारले अस्पताललगायत बिभिन्न ६० जना व्यक्तिलाई सो औषधि बितरण गरेको सम्राट आयुर्वेदका सञ्चालक अनिल कटुवालले बताए । उनका अनुसार गुडुची, दालचिनी, ल्वाङ, मरिच, सुकुमेल, तुलसीपत्ता, जेठी मधु, बेसार, अदुवा, बोजो, अश्वगन्धा, पञ्चतुल्ली, अर्जुनघालको धुलो मिलाएर बनाइएको सो चुर्ण कोविडबाट बँच्न उत्तम मानिन्छ । 


विहान बेलुका ५ मिनट उमालेर खाना खानुअघि पिउँदा यसले प्रतिरोधात्मक क्षमता बृद्धि गरेर कोविड लाग्नबाट बँचाउने कटुवाल बताउँछन् । अहिले जारी महामारीमा संक्रमण भएर उपचार गर्नुभन्दा संक्रमण नै हुन नदिनु उत्तम भएकाले आयुर्वेदिक औषधिको प्रयोग गर्न कटुवालले सुझाएका  छन् ।