उदयपुरमा संक्रमित घट्दै

२0७८ जेष्ठ १५ शनिबार
उदयपुरमा संक्रमित घट्दै

उदयपुर, जेठ १५

उदयपुरमा अहिलेसम्मकै सबभन्दा कम कोविड संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय उदयपुरको रिपोर्ट अुनसार शनिबार २ महिलासहित ४ जनामा मात्र संक्रमण देखिएको छ । 


निको हुने शनिबार ६ महिलासहित १३ जना छन् । अघिल्लो दिनसम्म ३ सय ६४ महिलासहित ८ सय १६ जना सक्रीय संक्रमित थिए । शनिबार सक्रीय संक्रमितको संख्या ८ सय ५४ पुगेको छ ।

 

निको हुनेको संख्या अघिल्लो दिन ९० महिलासहित २ सय ८ जना थिए भने शनिबार ९६ महिलासहित २ सय २१ पुगेका छन् ।