उदयपुरमा ७८ नयाँ संक्रमित, ३१ जना निको  

२0७८ जेष्ठ १४ शुक्रबार
उदयपुरमा ७८ नयाँ संक्रमित, ३१ जना निको  

उदयपुर, जेठ १४

उदयपुरमा पछिल्लो २४ घण्टामा थप ७८ जना कोविड भेरिएन्टका संक्रमित फेला परेका छन् । ७८ जना नयाँ थपिएसँगै जिल्लामा संक्रमितको संख्या ८ सय ६३ पुगेको छ । 


यसअघिजस्तै सबभन्दा बढी संक्रमित त्रियुगा गनरपालिकाका २४ महिलासहित ७० जना थपिएका छन् । बेलकामा ५, चौदण्डीगढीमा २ र उदयपुरगढी गाउँपालिकामा १ जना थपिएको स्वास्थ्य कार्यालय उयदपुरले जनाएको छ । चौदण्डीगढीको बेलटारस्थित उदयपुर कोविड अस्पतालमा २१ जनाको स्वाव परीक्षण गरिएकोमा ५ महिलासहित १० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुलाई होमआईसोलेसनमै रहेको अस्पताल इन्चार्ज तेजबहादुर पोखरेलले बताएका छन् । 

 

शुक्रबारसम्मको तथ्यांक अनुसार १४ महिलासहित ३१ जना निको भएर घर फर्केका छन् । यो सहित निको हुनेको संख्या जिल्लामा २ सय ८ पुगेको स्वास्थ्यका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए । उनका अनुसार निको हुनेमा त्रियुगामा ३२ महिलासहित ९३ जना छन् भने चौदण्डीगढीमा २१ महिलासहित ४७ जना छन् । त्यस्तै बेलकामा २२ महिलासहित ४१ र कटारीमा ६ महिलासहित १६ जना रहेका छन् । 


त्यस्तै लिमचुङबुङमा ४ महिलासहित ८ जना, रौतामाईमा १ महिलासहित ७, उदयपुरगढीमा ३ महिलासहित ५ र ताप्लीमा एक मात्र संक्रमित महिला निको भएर घर फर्केको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए । हाल जिल्लाभरी ८ सय ६३ सक्रीय संक्रमित बिभिन्न अस्पतालमा उपचाररत रहेका छन् । 


त्रियुगाका २ सय १ महिलासहित ४ सय ४७ रहेका छन् भने चौदण्डीगढीका ४९ महिलासहित १ सय, कटारीका ४० महिलासहित ९३ र बेलकाका ३६ महिलासहित ७० जना उपचाररत छन् । लिमचुङबुङका २६ महिलासहित ५१, रौतामाईका २३ महिलासहित ७० र उदयपुरगढीका १० महिलासहित ३१ जनाको बिभिन्न अस्पताल तथा होमआईसोलेसनमा उपचाररत रहेको बताइएको छ । 


शुक्रबार पनि उदयपुरका एक संक्रमितको ज्यान गएको छ । त्रियुगा २ का ६३ वर्षीय पुरुषका मृत्यु भएको लुईटेलले बताए । यो सँगै जिल्लामा कोविडका कारण ज्यान गुमाउनेको संख्या १० महिलासहित ३१ पुगेको छ ।