संपादकीयः माझखर्क १८ औं वर्षमा

२0७८ जेष्ठ १३ बिहीबार
संपादकीयः माझखर्क १८ औं वर्षमा

उदयपुरबाट प्रकाशित हुँदै आएको माझखर्क साप्ताहिक पत्रिका आजदेखि १८ औं वर्ष प्रवेश गरेको छ । ०६१ जेठ १३ गतेदेखि प्रकाशन सुरु माझखर्कले बिभिन्न आरोहअवरोध पार गर्दे यो अवस्थासम्म आईपुग्दासम्म संस्थापक संपादक कुमारसिंह राई, पूर्व संपादक शान्ता राई र पुष्पकुमार राई तथा संस्थापक उपसंपादक भोटराज राई (पछि सहसंपादक), प्रमुख संबादाता उजुर राई (पछि उपसंपादक), प्रमुख संबाददाता विकास बस्नेत, भरत खड्का (सहायक संपादक, हाल पत्रकार महासंघ उदयपुर अध्यक्ष), कृष्ण आचार्य, बिमल खतिवडा, कानुनी सल्लाहकार आदरनीय दाजु मीनबहादुर ज्यु ठकुरी, जिल्ला संबाददाताहरु खोटाङका बद्री आचार्य, सिराहा तेजु बान्तवा, ओखलढुंगा शिव ढुंगानालगायत जिल्लाका बिभिन्न ठाउँबाट सहयोग गर्ने सम्पूर्ण पूर्व सहकर्मी संबाददाताहरुप्रति हार्दिक स्मरण र न्यानो अभिभादन व्यक्त गर्दछौं । 


कोविड भैरिएन्टका कारण वार्षिकोत्सवलाई समेटेर रंगीन कलेबरमा संग्रहणीय अंक प्रकाशित गर्ने योजना सफल हुन सकेन । महामारी अन्त्यपछि त्यो कार्य गर्नेगरी अहिले योजना थाती राखिएको छ । स्थापनाकालदेखि माझखर्क साप्ताहिक जनमैत्री, राजनीतिक स्थीरता, लोकतन्त्र र सामाजिक रुपान्तरणप्रति जुन तरिकाले प्रतिबद्ध रहदै आयो, आगामी दिनमा पनि उत्तिकै जिम्मेबार र प्रतिबद्ध रहनेछ । प्राविधिक समस्या र कोविड महामारीका कारण पत्रिका नियमित गर्न समस्या आईरहे पनि दैनन्दिन घट्ना र आधारभुत सूचनाबाट जनतालाई बिमुख हुन नदिन हामीले एकवर्षयता डिजिटल पत्रिका माझखर्कडटकम (majhkharka.com) प्रकाशन गर्दै आईरहेका छौं, साथै सहप्रकाशनको रुपमा बुद्धि चामलिङको संपादकत्वमा मुलुकी खवर दैनिक पत्रिका निरन्तर प्रकाशन भईरहेको छ । 


जनताको अभिव्यक्ति स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, जनतामा न्यायको समान बितरण, विकास निर्माण र सामाजिक सुरक्षाप्रति राज्यको दायित्व वहनमा खवरदारीलगायत साझेदारी कार्यमा हाम्रो यात्रा निरन्तर रहिरहने प्रतिबद्धता जनाउँदै वार्षिकोत्सवको सबैमा हार्दिक शुभकामना छ ! 

 

(पत्रिका १८ वर्ष प्रवेशको अवसरमा सहकर्मी बुद्धि चामलिङले पूर्व सहकर्मीदेखि समाजका लब्धप्रतिष्ठित बिभिन्न व्यक्तित्वहरुसँग प्रतिक्रिया लिनुभएको छ । जसलाई हामीले माझखर्क अनलाईनमा प्रशारण गर्नेछौं । हेर्नका लागि www.majhkharka.com मा गएर माझखर्क टिभीमा लगअन गर्नुहोला । )