पत्रकार महासंघलाई जाल्पाको स्वास्थ्य सामंग्री

२0७८ जेष्ठ १२ बुधबार
पत्रकार महासंघलाई जाल्पाको स्वास्थ्य सामंग्री

उदयपुर, जेठ १२

 

जाल्पा एकीकृत विकास समाज (जीड्स) उदयपुरले नेपाल पत्रकार महासंघलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । वल्र्डभिजन इन्टरनेसनलको साझेदारीमा कोभिड भेरियन्टविरुद्ध अग्रभागमा खट्दै आएका जिल्लाका पत्रकारलाई सरक्षित राख्न जिड्सले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

 

 

जिड्सले २८ हजार मूल्य बराबरको स्वास्थ्य सामंग्री महासंघलाई हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले महासंघका अध्यक्ष भरत खड्कालाई महासंघ कार्यालयमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

 

 

पोखरेलले ५ थान अक्सीमिटर (ज्वरो मापक यन्त्र), एकहजार थान सर्जिकल मास्क, ५० थान केएन ९५ मास्क, सेनिटाईजर स्प्रे १ सय एमएलको १ सय थान, फेससिल्ड ३० थान हस्तानरण गरेको जिड्सका कार्यक्रम संयोजक अजयकुमार साहले बताए ।

 

 

स्वास्थ्य सामग्री ग्रहण गर्दै अध्यक्ष खड्काले जिड्सले गतवर्षको कोविडमा पनि सहयोग पाएको बताए । उनले पत्रकारहरुको स्वास्थ्य सुरक्षाप्रति सचेत रहेर सहयोग गरेकोप्रति जिड्स परिवरालाई धन्यबाद दिए । महासंघकी उपाध्यक्ष गंगा राईले महामारीको समयमा प्राप्त सहयोगले कोविडविरुद्ध लड्न र सूचना संपेषणमा पत्रकारहरुको आत्मबल बढ्ने बताईन् ।

 

 

जिड्सका अध्यक्ष पोखरेलले पत्रकारहरु जस्तोसुकै विषम् परिस्थितिमा पनि अग्रपंक्तिमा रहेर जनतालाई सूसूचित गर्नुपर्ने भएकाले स्वास्थ्य सुरक्षाप्रति सचेत भएर सामग्री प्रदान गरेको बताए । पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि नागरिक समाजसमेत चिन्तित रहेको बताउदै उनले यसअघि र आगामी दिनमा पनि संस्थाले पत्रकारहरुको सहयोग र सुरक्षाप्रति संस्था सचेत रहेको बताए ।

 

 

महासंघलाई यसअघि पनि बिभिन्न संस्थाहरुले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । महासंघका सदस्य बुद्धि चामलिङका अनुसार सातादिनअघि त्रियुगा उद्योग बाणिज्य संघका उपाध्यक्ष रमेश रसाईली र रियाज पेट्रोल पम्पका सञ्चालक किशोर राईलगायतले स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।