उदयपुरमा संक्रमित संख्या ७७९ पुग्यो, १५४ निको 

२0७८ जेष्ठ १२ बुधबार
उदयपुरमा संक्रमित संख्या ७७९ पुग्यो, १५४ निको 

गाईघाट, जेठ १२

बुधबारसम्म उदयपुरमा कोविड संक्रमितको संख्या ७ सय ७९ पुगेको छ । जसमध्ये महिला ३ सय ४८ पुरुष ४ सय ३१ जना रहेका छन् । मंगलबार २ सय ९९ महिलासहित ६ सय ४१ जना संक्रमित रहेकोमा २४ घण्टा ४८ महिलासाहित १ सय ३८ जना नयाँ संक्रमित थपिदै यो संख्या पुगेको हो । 


स्वास्थ्य कार्यालय उदयपुरका अनुसार हालसम्म ६३ महिलासहित १ सय ५४ जना संक्रमितले कोविडलाइ पछारेर निको भएका छन् । अहिलेसम्म कोविडका कारण १० महिलासहित २९ जनाले ज्यान गुमाईसकेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए । 


बुधबारसम्मको तथ्यांक अनुसार त्रियुगामा १ सय ७० महिलासहित ३ सय ७७ सक्रीय संक्रमितको उपचार भईरहेको छ । २३ महिलासहित ५८ जना निको भएका छन् भने कटारीमा ४२ महिलासहित १ सय १ संक्रमित हुँदा ४ महिलासहित ८ जना निको भएका छन् । 


चौदण्डीगढीका ४२ महिलासहित ८६ संक्रमितको उपचार भईरहँदा १४ महिलासहित ३९ जना निको भएका छन् भने बेलकामा ३७ महिलासहित ६७ सक्रीय संक्रमित हुँदा १५ महिलासहित ३३ जनाले कोविडलाई जितिसकेका छन् ।  


उता गाउँपालिकातर्फ सबभन्दा धेरै संक्रमित रौतामाईमा १८ महिलासहित ६२ को उपचार भईरहेको छ । त्यहाँ १ महिलासहित ६ जना निको भएका छन् । अर्को लिमचुङबुङ गाउँपालिकामा २६ महिलासहित ५१ को उपचार भईरहदा ४ महिलासहित ८ जना निको भएर घर फर्केका छन् । 


उदयपुरगढीमा १२ महिलासहित ३४ जना सक्रीय संक्रमित उपचारको क्रममा छन् भने १ पुरुष निको भएका छन् । त्यस्तै ताप्लीमा एक मात्र संक्रमित महिला गत साता नै निको भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।