उदयपुरलाई वल्र्डभिजनको २५ लाखबढीको स्वास्थ्य सामग्री

२0७८ जेष्ठ १२ बुधबार
उदयपुरलाई वल्र्डभिजनको २५ लाखबढीको स्वास्थ्य सामग्री

उदयपुर, जेठ १२

अहिले जारी दोस्रो लहरको कोविड भेरियन्टको उपचार र रोकथाम गर्न वल्र्डभिजन इन्टरनेशनल नेपालले २५ लाख बढीको अक्सिजन सिलिण्डुरसहित स्वास्थ्य सामग्री उदपपुरलाई प्रदान गरेको छ । डिसिसिएमसी उदयपुरलाई प्राप्त ती स्वास्थ्य सामग्री जिल्लाका बिभिन्न स्थानीयतहलाई आवश्यक्ताको आधारमा बितरण गर्नेगरी वल्र्डभिजनले दिएको हो ।


दिनहुँजस्तो संक्रमितको संख्या र मृत्युदर जिल्लामा बढ्ै गएपछि तत्काल उपचार र संक्रमण रोकथामका स्थानीय साझेदार  जाल्पा एकीकृत विकास समाज (जिड्स) र मानवअधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक)मार्फत सामग्री प्रदान रेको हो । 


बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रममा जिल्ला कोविड शंकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई जिल्ला समन्वय प्रमुख खड्ग परियार र जाल्पाका अध्यक्ष पुष्पराज पोखरेलले डिसिसिएमसी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईलाई सामग्री हस्तान्तरण गरे । 


वल्र्डभिजनले दिएका सामग्रीहरुमा अक्सिजन भरेका ७० थान सिलिन्डर, १ थान अक्सिजन कन्सन्ट्रेटर, ७० थान अक्सिमिटर (अक्सिजन मापक यन्त्र), ७० थान थर्मल गन (ज्वरो मापक यन्त्र) छन् । ७० थान पिपिइ (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) सेट, ७२ थान केएन ९५ मास्क, १२ प्याकेट सर्जिकल मास्क, १० लिटर सेनिटाईजर र १२ थान सोप लिक्विड पनि प्रदान गरिएको जाल्पाका कार्यक्रम संयोजक अजयकुमार साहले बताए । 


४६ लिटर क्षमताको सिलिण्डर एउटैको मूल्य २५ हजार ६ सय रुपैंया रहेको छ । जस अनुसार ७० थान सिलिण्डरको कुल मूल्य १७ लाख ९२ हजार रहेको र त्यसमा अक्सिजन ग्यास भर्दा २४ हजार ५ सय खर्च भएको छ । त्यस्तै २ हजार ६ सय प्रतिगोटा मूल्यका पल्स अक्सिमिटरको बजार मूल्य १ लाख ८२ हजार रुपैंया छ । 


प्रतिगोटा ९ सय ६० रुपैंया ५० पैसा मूल्य पर्ने ७० थान थर्मल टेम्प्रेचर गन ६७ हजार २ सय ३५ रुपैंयामा खरिद गरिएको हो भने ७० थान पिपिस सेट २ लाख ८ हजार ३ सय ४९ रुपैंयामा खरिद गरिएको हो । २ लाख १० हजार मूल्यको १ थान अक्सिजन कन्सन्ट्रेटर र १९ हजार ५ सय २६ रुपैंयाको ७२ थान एन ९५ मास्क किनिएको हो । १२ प्याकेट सर्जिकल मास्क, १० लिटर सेनिटाईजर, १२ थान सोप लिक्वीड पनि वल्र्डभिजनले सहयोग गरेको साहले बताए ।