उदयपुरमा संक्रमित बढ्दै, एकैदिन ९७ थप, ४ को मृत्यु

२0७८ जेष्ठ ११ मंगलवार
उदयपुरमा संक्रमित बढ्दै, एकैदिन ९७ थप, ४ को मृत्यु

उदयपुर, जेठ १०

कोविड संक्रमितको ग्राफ उयदपुरमा पछिल्लो २४ घण्टामा फेरि उक्लिएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार सोमबार दिउसोसम्ममा ९७ जना नयाँ संक्रमित देखिएका छन् । 


पछिल्लो संक्रमितहरुमा कटारी नगरपालिकामा सबभन्दा बढी ४० जना देखिएका छन् भने त्रियुगामा ३९ जना । त्यस्तै चौदण्डीगढीमा २७ जना थपिदा बेलकामा ४ जना, रौतामाईमा २ र उदयपुरगढीमा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए । 


पछिल्लो समय पुरुषभन्दा महिला संक्रमितको संख्या बढी देखिने गरेको छ । सोमबार पनि पुरुष ४२ जनामा संक्रमण पुष्टि हुँदा महिला संक्रमित ५५ जना देखिएका छ्न । यो सँगै जिल्लामा संक्रीय संक्रमितको संख्या ६ सय ६ सय ४ पुगेको छ जसमा महिला २ सय ८५ र पुरुष ३ सय १९ रहेका छन् । 


सोमबार ३३ जना संक्रमित निको भएर घर फर्केका छन् । अघिल्लो दिन १ सय १३ जना संक्रमित निको भएका थिए । यो सँगै निको हुनेको संख्या १ सय ४६ पुगेको छ जसमा पुरुष ८८ र महिला ५८ रहेको लुईटेलले बताएका छन् । 


सोमबार कोविडका कारण ४ जनाको दुखद मृत्यु भएको छ । जसमा २ महिला र २ पुरुष रहेका छन् । २ संक्रमितको गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसन सेन्टरमा र २ जनाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको स्वास्थ्यले जाएको छ ।