प्रतिगमनविरुद्ध आन्दोलनः उदयपुरमा ओली र विद्याको पुत्ला दहल

२0७८ जेष्ठ ९ आईतवार
प्रतिगमनविरुद्ध आन्दोलनः उदयपुरमा ओली र विद्याको पुत्ला दहल

उदयपुर, जेठ ९


शुक्रबार मध्यराति संसद बिघटन गरेको घट्नाविरुद्ध नेकपा (माओबादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले उदयपुरमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । वाईसिएलले आईतबार साँझ सदरमुकाम गाईघाटमा ‘प्रतिगमन–२’ विरुद्ध नाराजुलुस गर्दै पुत्ला दहन गरेको हो । 


साँझ ७ः०० बजे बजारमा निस्केको वाईसिएलका नेता कार्यकर्ताको समूहले मसाल जुलुसहित बजार परिक्रमा गरी मुख्य चोक पुगेर भण्डारी र ओलीको पुत्ला दहन गरेको हो । पुत्ला दहन गर्दै वाईसिएल उदयरका संयोजक ज्ञानेन्द्र मगरले ओली सरकारको असंवैधानिक कदमप्रति राष्ट्रपति भण्डारीले आँखा चिम्लेर ल्याप्चे लगाउँदै देश र जनतालाई अन्धकारतर्फ धकेलेको बताए । 


यो सुरुवाती आन्दोलन भएको भन्दै मगरले प्रतिगमनविरुद्ध आन्दोलनलाई सशक्त बनाइने उद्घोष गरे । देश कोविड महामारीले अस्तव्यस्त भईरहेका बेला प्रतिनिधिसभा बिघटन गरेर अक्ष्यम्य अपराध गरेको भन्दै ओली र भण्डारीले जनताबाट सजाय पाउनुपर्ने बताए ।