अवैध काठका फर्निचर वन कार्यालयको जिम्मा 

२0७८ जेष्ठ ७ शुक्रबार
अवैध काठका फर्निचर वन कार्यालयको जिम्मा 

उदयपुर, जेठ ७


अवैध काठको टेबल कुर्सी र दराज शुक्रबार उदयपुर प्रहरीले बरामद गरी सव डिभिजन वन कार्यालयलाई बुझाइएको छ । शुक्रबार साँझ पौने ५ः०० बजे बेलका नगरपालिका ४ को लालबजार चेकपोष्टको टोलीले बरामद गरेको टेबल कुर्सी र दराज अवैध काठबाट बनेको पाइएपछि नियन्त्रणमा लिएको हो । 


शनिबारेदेखि रामपुर बजारतर्फ जाँदै गरेको को १ ज ३१६८ नं. को बोलेरो पिकअप गाडीमा लालबजारस्थित चेकपोष्ट इन्चार्ज असई कमाण्डको टोलीले चेकजाँचको क्रममा फेला पारेको थियो । साल जातको काठबाट बनेको १ थान लोबेड, ३ थान कुर्सी, १ थान टेबल र १ थान दराजलगायत फर्निचरको कानुनी पुष्टि हुने कागजात केही नभएको पाइएपछि नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । 


फर्निचरसँगै बेलका नगरपालिका ४ का ३४ वर्षीय टंकबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको छ । आवश्यक अनुसन्धानपछि थप अनुसन्धानका लागि बस्नेत र सबै फर्निचर सव डिभिजन वन कार्यालय रामपुरमा बुझाइएको इलाका प्रहरी कार्यालय रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।