उदयपुरमा कोविडले थप ३ को ज्यान लियो, संक्रमति ४३४, निको २३

२0७८ जेष्ठ ४ मंगलवार
उदयपुरमा कोविडले थप ३ को ज्यान लियो, संक्रमति ४३४, निको २३

उदयपुर, जेठ ३

उदयपुरमा कोविड संक्रमणबाट थप ३ को ज्यान गएको छ । सोमबार विहान त्रियुगा नगरपालिका ३ की ५० वर्षीया महिला र चौदण्डीगढीका पुरुषको कोविडले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 


वैशाख २७ गते संक्रमण पुष्टि भएपछि बिपी प्रतिष्ठान धरानमा उपचाररत महिलाको मृत्यु भएको हो भने चौदण्डीगढीका पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बिराटनरस्थित नोबेल अस्पतालमा कटारीका ८८ वर्षीय पुरुषको मृत्यु भएको छ । आईतबार साँझ कोविड अस्प्ताल बेलटारमा त्रियुगा नगरपालिका १ का ३७ वर्षीय पुरुषको मृत्यु भएको थियो भने त्यसअघि आईतारै ४ पुरुषको मत्यु भएको थियो । पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या उदयपुरमा ४ महिलासहित १४ पुगेको छ ।


सोमबार मात्र उदयपुरमा एन्टीजेन ५९ र पिसिआर ५५ गरी १ सय १४ को स्वाव परीक्षण गर्दा २० महिलासहित ४९ नयाँ संक्रमित थपिएका छन् । उनीहरुयो सँगै जिल्लामा संक्रमितको संख्या १ सय ८७ महिलासहित ४ सय ३४ पुगेको छ । सोमबार त्रियुगा नगरपालिकामा मात्र १२ महिलासहित २८ नयाँ संक्रमित थपिएका छन् भने कटारीमा ४ महिलासहित १४, उदयपुरगढीमा ३ महिलासहित ४ र चौदण्डीगढीमा १ महिलासहित २ जना थपिएका स्वास्थ्यका तथ्यांक अधिकृत उमेश लुईटेले बताएका छन् । 


ताप्लीमा १ महिलामा संक्रमण देखिएको छ भने लिमचुङबुङ गाउँपालिकामा सोमबार थप २ महिलासहित ४ जनामा संक्रमण देखा परेको छ । जस अनुसार लिमचुङबुङमा ६ महिलासहित १३ जना संक्रमित पुगेको स्वास्थ्य सहायक कर्णशेर राईले बताएका छन् । जसमध्ये १ जना कोविड अस्प्ताल बेलटारमा उपचारपछि निको भएका छन् । 


स्वास्थ्यका अनुसार सोमबारको थपसहित त्रियुगामा संक्रमित संख्या ८८ महिलासहित २ सय २३ पुगेको छ भने बेलका नगरपालिकामा ३८ महिलासहित ६६ पुगेका छन् । त्यस्तै चौदण्डीगढीमा २८ महिलासहित ६१, रौतामाई गाउँपालिकामा ४ महिलासहित १५, उदयपुरगढी गाउँपालिकामा ६ महिलासहित १२ र ताप्लीमा २ महिला संक्रमित देखिएका छन् ।  


हालसम्म २३ संक्रमति निको भएर घर फर्केको अधिकृत लुईटेलले बताए । निको हुनेमा त्रियुगाका ३ महिलासहित ८ पुगेका छन् । चौदण्डीगढीका ३ महिलासहित ९, कटारी, बेलका, उदयपरगढी र लिमचुङबुङ १–१ जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म सबभन्दा बढी त्रियुगा नगरपालिकामा २ सय २३ र सबभन्दा कम ताप्ली गाउँपालिकामा २ महिला संक्रमित देखिएको स्वास्थ्यले जनाएको छ ।     


संक्रमितको उपचार सहज बनाउन उदयपुर अस्पतालसँगै नवनिर्मित मदन भण्डारी आँखा अस्पताल भवनमा थप ४० शैयाको आईसोलेन वार्ड सञ्चालनमा ल्याएर संक्रमितको उपचार सुचारु गरिएको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले बताए । उनका अनुसार अस्पतालमा पुराना २२ थान र भर्खरै प्रहरीले संकलन गरी बुझाएको ४१ थान गरी ६३ थान अख्सिजन सिलिण्डरको व्यवस्था छ ।