सगरमाथा चढ्दै गरेका दुई विदेशीको मृत्यु

२0७८ बैशाख ३१ शुक्रबार
सगरमाथा चढ्दै गरेका दुई विदेशीको मृत्यु

उदयपुर, वैशाख ३१

सवोच्च शिखर सगरमाथा आरोहणको क्रममा दुई विदेशीको मृत्यु भएको छ । बिहीबार दिउसो हिमाल आरोहण गर्दै गरेका बेला हिउँमा चिप्लिएर लड्दा अमेरिकन र स्वीजरल्याण्डका नागरिकको मृत्यु भएको हो । 


सोलुखुम्बु प्रहरीका अनुसार सगरमाथा ४ नं. बेसक्याम्पस छेउबाट चिप्लिएर लडेका पासपोर्ट नं. ६४२७३५७२ नं. का ३४ वर्षीय अमेरिकन नागरिकको मृत्यु भएको छ । त्यस्तै पासपोर्ट नं. एक्स ४०३४४४६ नं. का ४१ वर्षीय अब्दुलवाहिड आवाराईचको मृत्यु भएको हो । 


मृतकको शव निकाल्न प्रहरीले आवश्यक पहल गरिरहेको जनाएको छ । हिमाल आरोहण गर्ने मौसम भएकाले अहिले सगरमाथामा दैनिक दजनौं पर्यटक सगरमाथा चढ्न आईरहेको जनाइएको छ ।