अटो दुर्घटनामा परी बालकको मृत्यु, ४ घाईते

२0७८ बैशाख २९ बुधबार
अटो दुर्घटनामा परी बालकको मृत्यु, ४ घाईते

खोटाङ, बैशाख २९ 

खोटाङमा अटो टेम्पु मंगलबार दुर्घटनामा पर्दा एक बालकको ज्यान गएको छ भने ४ जना घाईते भएका छन् । जिल्लाको जन्तेढुंगा गाउपालिका ५ घोर्लेबाट चिसापानीतर्फ जाँदै गरेको लु १ स ०३५० नं. को टेम्पु तारेभीरबाट खस्दा त्यसमा सवार स्थानीय १३ वर्षीय गोकुल परियारको ज्यान गएको हो ।


भीरबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटनामा पर्दा गम्भीर घाईते भएका परियारको उद्धार गरी बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ उपचारार्थ लाँदालाँदै बाटैमा साँझ ५ः०० बजे ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक जेन्तेढुंगा ४ का ३३ वर्षीय जीवन राई, उनका ७ महिले छोरा जर्मन, जेन्तेढुंगा ५ का १६ वर्षीय मणिराम राई र सोही ठाउँका ६५ वर्षीय रत्नबहादुर राई घाईते भएका छन् । 


घाईतेमध्ये मणिरामबाहेक सबैको अवस्था गम्भीर रहेकाले धरान पठाइएको हो । मणिरामको भने स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाउको छ ।