कोविड अपडेटः उदयपुरमा थपिए ३२  संक्रमित

२0७८ बैशाख २९ बुधबार
कोविड अपडेटः उदयपुरमा थपिए ३२  संक्रमित

उदयपुर, वैशाख २९

दिनहुँजसो बढ्दो क्रममा रहेको कोविड १९ का संक्रमित आज उदयपुरमा ३२ थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरमा अनुसार बुधबार आएको रिपोर्टमा १२ महिला र २० पुरुष संक्रमित थपिएका हुन् । बुधबार थपिनेमा त्रियुगा नगरपालिकाका ५ महिलासहित १५, कटारी ६ महिलासहित १५ जना छन् भने उदयपुरगढी गाउसँपालिकाकी एक महिला रहेका छन् । 


बुधबार थपिएकासहित उदयुरमा संक्रमतिको संख्या १ सय १८ महिला र १ सय ६१ पुरुषसहित २ सय ६९ पुगेको छ ।  कोविडका कारण उदयपुरमा ७ जनाको मृत्यु भईसकेको छ । उदयपुरकै एक सरकारी कार्यालय प्रमुखको पनि मृत्यु भएको तर, उनी सिराहाका बासिन्दा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।