टिकटक बनाउने क्रममा लडेर मृत्यु

२0७८ बैशाख २४ शुक्रबार
टिकटक बनाउने क्रममा लडेर मृत्यु

कटारी, वैशाख २४


उदयपुरमा एक युवकको टिकटक बनाउँदा बनाउँदै लडेर शुक्रबार मृत्यु भएको छ । विहान १०ः०० बजेको समयमा सिद्धिचरण लोकमार्ग भएर ओखलढुंगातर्फ जाँदै गरेको ना १ च ३३७० नं. को टाटा सुमोका यात्रु धरान सुनसरीको उपमहानगरपालिका ५ का सुभास परियारले टिकटक बनाउँन खोज्दा लडेर ज्यान गएको हो । 


लोकमार्गको कटारी नगरपालिका ११ स्थित हर्देनी भीरमा सुमो बिग्रेर रोकिदा टिकटक बनाउन निस्केका १८ वर्षीय परियार भिरबाट लडेर गम्भीर घाईते भएका थिए । तत्काल उद्धार गरी उपचारार्थ कटारी अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार मृतक परियारको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमै राखेर आफन्तलाई बोलाइएको छ । घट्नाबारे विस्तृत अनुसन्धान गर्न प्रहरी टोली घट्नास्थलमा पुगेको जनाइएको छ ।