कुटाई खाएका भाईको मृत्युपछि दाजु पक्राउ 

२0७८ बैशाख २२ बुधबार
कुटाई खाएका भाईको मृत्युपछि दाजु पक्राउ 

उदयपुर, वैशाख २२


सामान्य बिबादका कारण हातपात गर्दा भाईको मृत्यु भएपछि उदयपुरमा एक स्थानीय हत्या आरोपमा पक्राउ परेका छन् । गत सोमबार सामान्य घरासयी बिबादमा कुटपिट गर्दा भाई ३६ वर्षीय खुसीलाल चौधरीको मृत्यु भएपछि ५० वर्षीय दाजु पुलकित चौधरी पक्राउ परेका हुन् । 


त्रियुगा नगरपालिका ९ चौकीबारीका चौधरी दाजुभाईबीच बिबाद हुँदा दाजु पुलकितले भाईमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाईते खुसीलालको बिराटनगरस्थित गोल्डेन अस्प्तालमा उपचारको क्रममा बुधबार मध्यान्ह ज्यान गएको प्रहरीले जनाएको छ । 


सोमबार सामान्य बिबाद भएपछि पुलकितले भाई खुसीलालमाथि हातपात गरेका थिए । दाजुको कुटपिटबाट घाईते खुसीलालको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै आफन्तले जाहेरी दिएपछि अस्थायी प्रहरी चौकी चुहाडेले बुधबार विहान चौधरीलाई उपचारार्थ जिल्ला अस्पताल उदयपुर ल्याएको थियो । 


थप उपचारका लागि बिराटनगर रिफर गरिएका चौधरीको मध्यान्ह १२ः०० बजे गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दाज पुलकितलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।