अवैध काठ बोकेको बोलेरो पक्राउ

२0७८ बैशाख १७ शुक्रबार
अवैध काठ बोकेको बोलेरो पक्राउ

रामपुर, बैशाख १७ 


उदयपुरको बेलका नगरपालिका ८ कोठुबाट अवैध काठसहित बोलेरो पक्राउ परेको छ । सुनसरीसँगको सीमा बेलका नगरपालिका ८ चतारा कोठु चेकपोष्टको टोलीले चेकजाँचको क्रममा रामपुरतर्फ ल्याउँदै गरेको अवैध काठसहित मे १ ज १५२८ नं. को बोलेरो बिहीबार राति पक्राउ परेको हो । 


प्रहरीले बोलेरोमा राखेर ल्याउँदै गरेको ५५ क्युविक फिट परिमाणको १ सय ७० थान करम जातको चिरान काठ बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुरलले काठ र बोलेरो दुवै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेले जनाएको छ । 

उक्त काठ बेलका ३ का सोमबहादुर तामाङले ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।  बरामद काठ र बोलेरो इप्रका रामपुर ठोक्शीलामा ल्याई आवश्यक अनुसन्धानपछि थप कारबाहीका लागि रामपुरस्थित सबडिभिजन वन कार्यालय रामपुरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।