आगलागीले मगरको घर नष्ट

२0७८ बैशाख १६ बिहीबार
आगलागीले मगरको घर नष्ट

कटारी वैशाख १६


उदयपुरको कटारीमा बिहीबार भएको आगलागीबाट एक स्थानीयको घर जलेर नष्ट भएको छ । विहान ९स्०० बजे एक्कासी भएको आगलागीबाट कटारी नगरपालिका १४  लामीडाँडाका अम्बरबहादुर मगरको घर जलेर नष्ट भएको हो ।


आगलाागीका कारण मगरको टाटीले बारेको, फुसको छानो भएको घर जल्दा त्यसभित्र रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र कागजात जलेर नष्ट भएको छ भने घरमा जडान गरिएको १२ भोल्टको सोलार प्यानलसमेत नष्ट भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्रित गर्दै जिल्ला प्रहरीले जनाएको छ । मगरको २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 


इप्रकाको टोलीले स्थानीयबासीको सहयोगमा एक घण्टा लगाएर आगो नियन्त्रणमा ल्याइएको जनाएको छ । आगोले मानवीय तथा चौपाया क्षति भने नभएको र घट्ना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।