तावा खोलामा डुबेर बालकको मृत्यु

२0७८ बैशाख १२ आईतवार
तावा खोलामा डुबेर बालकको मृत्यु

कटारी, वैशाख १२


गर्मी छल्न पानीमा खेल्न गएका उदयपुरका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय तावा खोलामा नुहाउन गएका कटारी नगरपालिका ७ रतनपुरका ४ वर्षीय छोरा रितेशकुमारको शनिबार दिउँसो डुबेर मृत्यु भएको हो । 


इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार घरदेखि अन्दाजी १ किलोमिटर पश्चिममा पर्ने  तावा खोलामा नुहाउने क्रममा डुबेका बालकलाई साथीहरुले देखेर निकालेका थिए । पानी खाएर गम्भीर घाईते उनलाई उपचार गर्न कटरी अस्पताल पु¥याउँदा डा.ले मृत घोषित गरेको प्रहरीले जनाएको छ । 


घट्नास्थलको सर्जमिन मुचुल्का गरी कटारी अस्पतालमै बालकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा दिइसकेको इप्रका कटारीले जनाएको छ ।