लागुऔषधसहित एक पक्राउ

२0७८ बैशाख ११ शनिबार
लागुऔषधसहित एक पक्राउ

उदयपुर, वैशाख ११

उदयपुर प्रहरीले अर्का युवालाई लागुऔषधसहित पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ८ झोडाबाट स्थानीय २१ वर्षीय विकास चौधरीलाई शुक्रबार राति ११ः०० बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

लागुऔषध नियन्त्रण अभियान अन्तर्गत परिचालन भएको प्रहरी टोलीले झोडामा लागुऔषधको कारोबार भईरहेको भन्ने सुचनाका आधारमा विशेष टोली खटेर चौधरीलाई बिभिन्न प्रतिबन्धित ५ खालका औषधिसहति रंगेहात नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट ५ किसिमका लागुऔषध बरामद गरेको छ ।

 

प्रहरीका अनुसार उनको साथबाट लुपिजसिक १ एम्पुल (थान), डाईजेल्याव २ थान, फेनारगन ६ थान, नोफिन १ थान र डाईजेपाम ५ थान बरामद भएको छ । पक्राउ चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान कार्य सुरु भएको बताइएको छ ।