सांसद राईलाई पितृ शोक

२0७८ बैशाख ६ सोमबार
सांसद राईलाई पितृ शोक

उदयपुर, वैशाख ६


उदयपुर क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई (हिमाल)लाई पितृ शोक परेको छ । राईका ८८ वर्षीय बुबा इन्द्रध्जव राईको सोमबार दिउसो निधन भएको हो । 


तथा नेकपा (माओबादी केन्द्र)का पोलिटव्युरो सदस्यसमेत रहेका राईका पिता लामो समयदेखि मृगौला र श्वासप्रश्वासको रोगले च्यापेर काठमाडौंमा उपचाररत थिए । सुमेरु अस्पतालमा उपचारपछि केहीदिनयता विशेक भएर आराम गरिरहेका उनको आवासमै निधन भएको नेकपा माओवादी केन्द्र उदयपुरले जनाएको छ । 


सांसद राईले सामाजिक सञ्जाल फेसबुकमा बुबाको फोटोसहित पोष्ट गर्दै आफुलाई शोक परेको बताएका छन् । सांसद राईले 'उपचाररत आपा (बुबा)ले आफुहरुलाई स्मृति मात्र छाडेर जानु भएको छ, उहाँलाई हार्दिक श्रद्धाञ्जली !' भनेर उल्लेख गरेका छन् । 


राईको पार्थिक शरिर अन्तिम संस्कारका लागि सकेसम्म गृह नगर बेलका ४ गुरुचौरी ल्याउने तयारी भइरहेको छ । दिवंगत राईका श्रीमती, पाँच छोरा र तीन छोरी रहेका छन् ।