फरार ५ डाका १ महिनापछि पक्राउ

२0७८ बैशाख ५ आईतवार
फरार ५ डाका १ महिनापछि पक्राउ

उदयपुर, वशाख ५ 
सुनसरीमा एक महिनाअघि डकैती गरेर भागेका झण्डै आधादर्जन फरार प्रतिबादीहरु पक्राउ परेका छन् । गत फागुन ६ गते सुनसरीको बर्जु गाउँपालिका १ का शुभाष चौधरीको घरमा मध्यराति प्रवेश गरी उनको परिवारलाई कुटपिट गर्दै नगद ५४ हजार लुट्ने डाका समूहलाई पक्राउ गरी प्रहरीले आईतबार सार्वजनिक गरेको हो । 


डकैतीमा सहभागी भएको आरोपमा बर्जु १ की ३६ वर्षीया सृजना चौधरी, ईटहरी उपमहानगरपालिका १३ का ३२ वर्षीय नमाजुद्दिन आलम, सुनसरीकै छातावेलीका २८ वर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० वर्षीय अजिम मिया र सुनसरीकै दुहबी ११ का ३० वर्षीय श्रवण उराव रहेको प्रहरीले जनाएको छ। 


प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुुसार पक्राउ पर्नेमध्ये सृजना चौधरी घट्नाको मुख्य योजनाकार रहेको अनुसन्धानले देखाएको छ । उनले रीशइवी साँधेर यो समुहलाई परिचालन गरी शुभाष चौधरीको घरमा लुटेन लगाएको खुल्न आएको इलाका प्रहरी कार्यालय दुहबीलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसपी महेन्द्र श्रेष्ठले बताए । 


पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको ७.६५ केएफ लेखिएको १ राउण्ड गोलीलगायत सामनहरु बरामद भएको छ । उनिहरु उपर थप अनुसन्धान सुरु भएको श्रेष्ठले बताएका छन् ।