युवति बलात्कार गरी हत्या गर्ने पक्राउ

२0७८ बैशाख ५ आईतवार
युवति बलात्कार गरी हत्या गर्ने पक्राउ

उदयपुर, वैशाख ५

एक युवतिलाई बलात्कार गरी हत्या गरेको झण्डै एक महिनापछि हत्यारा पक्राउ परेका छन् । मानसिक सन्तुलन गमाएर मागी खाई हिड्ने अन्दाजी २६२७ वर्षीया महिलालाई जंगल लगेर बलात्कार गरी हत्या गरेको आरोपमा  जिल्लाको रौतामाई गाउँपालिका ७ का राजु अछामे पक्राउ परेका हुन् । 

 

प्रहरीका अनुसार गत चैत ११ गते साँझ ६स्३० बजे मुर्कुची नजिकै अँधेरी जंगलमा लगेर बलात्कार गरी टाउकोमा ढुंगाले हानेर हत्या गरेको आरोपमा २४ वर्षीय अछामेलाई पक्राउ गरिएको हो । बजारमा डुलेर मागी खाने तराईमुलको जस्तो देखिने यवतिलाई साँझपख हातमा तान्दै लगेर स्थानीय नवज्योति सामुदायिक वनको हिले खोल्सीमाथि लगेर बलात्कार गरी टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेको पक्राउ अछामेले बयान दिएको प्रहरीले जनाएको छ । 

 

शुक्रबार जंगलमा घाँस दाउरा गर्न गएका स्थानीयले सामुदायिक वनभित्र फुटेको खप्पर र चुरापोतेसहितको मानव कङ्काल देखेर प्रहरीलाई खवर गरेका थिए । उनीहरुको खवर अनुसार खटेको विेशेष टोलीले सुक्ष अनुसन्धान गर्ने क्रममा अछामेलाई शनिवार पक्राउ गरिएको हो । घटनास्थलमा अछामेको टोपी फेला परेको र अ‌नुसन्धान गर्दा आरोप स्वीकारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रहरी प्रमुख एसपी भीम दाहालले घटनास्थलको सर्जमिन मुचुल्का गरी अछामेमाथि कर्तव्य ज्यानसम्बन्धी कारबाही प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।