एम्बुलेन्स चालक र ट्याक्टर सहचालकको ज्यान गयो 

२0७८ बैशाख २ बिहीबार
एम्बुलेन्स चालक र ट्याक्टर सहचालकको ज्यान गयो 

उदयपुर, वैशाख २


एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बिहीबार विहान ४ः३० बजेको समयमा झापाको शिवसताक्षी नगरपालिका ११ दुधेस्थित पुर्वपश्चिम लोकमार्गमा पश्चिमतर्फ जाँदै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रीत भई दुर्घट्ना हुँदा चालक ललितपुर गोदावरी नगरपालिका ७ का २० वर्षीय उत्सब घिमिरेको ज्यान गएको हो ।


एम्बुलेन्समा सवार सोही ठाउँका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाईते भएका छन् । दुर्घटनामा परी घाईते भएका दुवैलाई उपचारका लागि दुवैलाई बी एण्ड सी अस्पताल बिर्तामोड लैजादै गर्दा घिमिरेको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


त्यसैगरी बुधबार साँझ प्रदेश १-०१-००१ त ८९६७ नम्बरको ट्याक्टरबाट लडी सहचारलक पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ का २८ वर्षीय रोशन चेम्जोङको ज्यान गएको छ । प्रदेश प्रहरीका अनुसार बुधबार साँझ साढे ६ः०० बजे सुकेधामवाट च्याङथापुतर्फ जादै गरेको ट्याक्टरबाट लडेर गम्भीर घाईते भएका चेम्जोडङको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा राति सवा १० बजे ज्यान गएको हो । 


ट्याक्टर र चालक पाँचथर कुम्याक गाउँपालिका ३, रानिगाँउका २३ वर्षीय कालीबहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।