लागुऔषध गाँजासहित एक पक्राउ

२0७७ चैत्र २९ आईतवार
लागुऔषध गाँजासहित एक पक्राउ

उदयपुर, चैत २८


लागुऔषध गाँजासहित उदयपुर प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कार्यालयको गस्ती टोलीले ५ सय ग्राम गाँजासहित त्रियुगा नगरपालिका १२ आर्यघाटबाट ४२ वर्षीय सुरेन डुमलाई पक्राउ गरेको हो । 


सडकमा हिड्दै गरेका डुमलाई शंका लागी गस्तीले शरीर खानतलासी लिँदा उनको साथबाट गाँजा फेला परेको प्रहरीले जनाएको छ । आईतबार मध्यान्ह पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 


यसअघि आईतबार विहान मात्र प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई गाईघाटबाटै पक्राउ गरेको थियो । त्रियुुगा नगरपालिका ११ गाईघाटका ३० वर्षीय गोकर्ण कार्कीलाई २ ग्राम १० मिलीग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो । 


उनको साथबाट ब्राउनसुगर जोख्ने डिजिटल मेसिन, ब्राउनसुगर खाँदा डढेको ५ रुपैंयाका नोट २ थान, बिभिन्न कम्पनीका १० थान मोवाईल, एनटीसी, एनसेल, एयरटेल र स्मार्ट फोनका १० थान सिमकार्ड, अन्य बिभिन्न बन्दोबस्तीका सामानसमेत बरामद भएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार कार्की ०७७ माघ १६ गते पक्राउ ब्राउनसुगर घट्नाका फरार दोषीसमेत हुन् । जिल्ला प्रहरी हिरासतमा राखेर उनीमाथि पनि थप अनुसन्धान सुरु भएको दाहालले बताएका छन् ।