चौधरी घरैबाट २ किलो गाँजासहित पक्राउ 

२0७७ चैत्र २८ शनिबार
चौधरी घरैबाट २ किलो गाँजासहित पक्राउ 

उदयपुर, चैत २८


अवैध गाँजा राखेको आरोपमा चौदण्डीगढी नगरापलिका १ का तिलक चौधरी घरैबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले शुक्रबार दिउँसो ५५ वर्षीय चौधरीलाई झण्डै २ किलो गाँजासहित पक्राउ गरेको हो । 


 इप्रका प्रमुख प्रहरी निरीक्षकको कमाण्डमा खटेको टोलीले अजगडास्थित घरमा गाँजा किनबेच गर्ने गरेको भन्ने गोप्य सुराकीका आधारमा खटेको टोलीले चौधरीको घरमा खानतलासी लिँदा १ किलो ९ सय १५ ग्राम गाँजा फेला पारेको जनाएको छ । 


प्रहरीले इप्रका बेलटारको हिरासतमा राखेर उनीमाथि आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उदयपुर प्रहरीले पछिल्लो ६ महिनायता ‘लागुऔषध नियन्त्रण अभियान’अन्तर्गत विशेष निगरानी बढाउँदै गरेको छ । यसै क्रममा लागुऔषध प्रयोग, किनबेच र आयात निर्यात गर्ने अपराधी कोखोजीखोजी पक्राउ गर्दै कारबाही गर्ने क्रम चलिरहेको प्रहरी प्रमुख एसपी भीम दाहालले बताएका छन् ।