पत्रकार महासंघ प्रदेश १ मा घिमिरे नेतृत्वको प्यानल विजयी

२0७७ चैत्र २७ शुक्रबार
पत्रकार महासंघ प्रदेश १ मा घिमिरे नेतृत्वको प्यानल विजयी

उदयपुर, चैत २६ 


बुधबार सम्पन्न देशव्यापी नेपाल पत्रकार महासंघको चुनावमा प्रदेश नं. १ को अध्यक्षमा लिलावल्लभ घिमिरे नेतृत्वको प्यानल विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच भएको लोकतान्त्रिक व्यवसायिक र श्रमजिवी पत्रकारहरुको साझा प्यानलको रुपमा चुनावी मैदानबाट घिमिरे नेतृत्वको प्रदेश प्यानल विजयी भएको हो ।


प्रेस चौतारी नेपाल (ओली समूह) बाट उम्मेद्वार बनेका मोहन काजीलाई १ सय ९६ मतको फरकले पराजीत गर्दै लोकतान्त्रिक प्यानका उम्मेदवार घिमिरे विजयी भएका हुन् । घिमिरेले ७ सय ९३ मत प्राप्त गरेको छन् भने ओली प्यानका काजीलाई ५ सय ९७ मत मात्र प्राप्त भएको प्रदेश निर्वाचन परिचालन समितिले जनाएको छ ।  


उपाध्यक्षमा लवदेव ढुङ्गाना ८ सय १० मत प्राप्त गरेर विजयी भएका छन् भने महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङले ८ सय ३६ मत प्राप्त गरेर विजयी भएका छन् । हिमाको निकटतम प्रतिस्पर्धी कोकिला ढकालले ५ सय ७८ मत प्राप्त गर्दा विवेक गौतमले ८ सय १९ मत ल्याएर महासचिव निर्वाचित भएका छन् । प्रतिस्पर्धी फिफराज वेघाले ५ सय ६२ मत प्राप्त गरेका छन् ।


त्यसैगरी सचिवमा देवेन्द्र कार्कीले ८ सय ६२ मत, समावेशी सहसचिवमा सन्तोष यादवले ७ सय ६१ मत प्राप्त गर्दै विजयी हुदा कोषाध्यक्षमा झापाका विमल लामिछाने ८ सय ६ मत प्राप्त गरेका छन् । सदस्यमा झापाका सुरेन्द्र भण्डारी ८ सय २९, लिलाराज झापाली ८ सय १७, ध्रुव भट्टराई ८ सय ४, तोयानाथ भट्टराई ७ सय ३९ र गोपाल पोखरेलले ७ सय २५ मत ल्याएका छन् ।


जनजाति सदस्य विष्णु सुव्वा ८ सय ३७ र यमनकुमार दनुवार ६ सय ७१ तथा महिला सदस्यमा विनु तिम्सिना ८ सय ३८ मत लिएर विजयी हुँदा माला पालुङ्वा ७ सय ९० र सुशीला पाठकले ८ सय ४२ लिएका छन् भने दलित सदस्यमा विपी दियाली ८ सय २४ मत पाएर विजयी भएका छन् । मधेशी सदस्यमा प्रमोदकुमार यादवले ७ सय ९३, व्रम्हदेव यादव ६ सय ७० मत पाएका छन् । 


निर्वाचनले अल्पसंख्यक सदस्यमा लीलावहादुर सुनुवारलाई ६ सय ५५ मतका साथ निर्वाचित गराएको निर्वाचन समितिले जनाएको छ ।