डढेलोले जलेर बृद्धाको मृत्यु

२0७७ चैत्र २६ बिहीबार
डढेलोले जलेर बृद्धाको मृत्यु

खोटाङ, चैत्र २६


जंगलमा लागेको डढेलोबाट खोटाङमा एक बृद्धाको ज्यान गएको छ । जिल्लाको तारेभीर जंगलमा लागेको डढेलोका कारण बाराहपोखरी गाउँपालिका(२ की ७४ वर्षीया डम्बरकुमारी मगरको जलेर ज्यान गएको हो । 


जंगलमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा भीरमाथि बसिरहेकी बृद्धालाई बुधबार दिउँसो १ः०० बजे एक्कासी आगोको लप्काले भेटेर ज्यान गएको प्रहरीले जनाएको छ । 


डढेलो गाउँ पस्ने भएपछि प्रहरीको साथमा स्थानीयहरु आगो निभाउन जंगल गएका थिए । भीरमाथि ससिरहेकी बृद्धालाई आगोले भेटेर शरीर जलेको थियो । प्रहरीका अनुसार उनको तत्काल उद्धार गरी उपचारार्थ अस्पताल लादै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाइएको छ ।