स्कुल बसको ठक्करल श्रेष्ठको ज्यान गयो

२0७७ चैत्र २२ आईतवार
स्कुल बसको ठक्करल श्रेष्ठको ज्यान गयो

उदयपुर, चैत २२


स्कुल बसको ठक्करले उदयपुरका एक पैदलयात्रीको ज्यान गएको छ । आईतबार विहान १०ः३० बजेको समयमा को १ ख २७४८ नं. को बसले मदन भण्डारी लोकमार्ग अन्तरगत चौदण्डीगढी नगरपालिका १० इक्राहामा ठक्कर दिदा सोही ठाउँका ६२ वर्षीय जगनारायण श्रेष्ठको घट्नास्थलमै ज्यान गएको हो । 


बसको ठक्करले मृतक श्रेष्ठको शव इलाका प्रहरी कार्यालय बेलटारल सर्जमिन मुचुल्का तयार गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर पठाएको जनाएको छ । स्कुल बस त्रियुगा बब्लीक स्कुल खैराहा झोडाको भएको प्रहरीले जनाएको छ ।


बस चालक र बसलाई  घट्नामा संलग्न बस चालक चौनण्डीगढी १० का ३८ वर्षीय रत्नबहादुर कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही सुरु भएको प्रहरी कार्यालयले जनाएको छ ।