ट्रकको ठक्करले राई श्रीमान्-श्रीमति गम्भीर घाईते

२0७७ चैत्र १७ मंगलवार
ट्रकको ठक्करले राई श्रीमान्-श्रीमति गम्भीर घाईते

बेलटार, चैत १७

जंगलमा लागेको डढेलो निभाउन जाने क्रममा सोमबार दिउसो यात्रुबाहक बसले मोटरसाईकललाई ठक्कर दिँदा त्रियुगा १४ धाब्लाङका एम महिलासहित दुईजना गम्भीर घाईते भएका छन् । साउने चोकस्थित घुम्तीमा बिपरित दिसाबाट आउँदै गरेको ना ४ ख २३०९ नंं. को यात्रुबाहक बसले स ७ प ७२७० नंं. को मोटरसाईकललाई ठक्कर दिँदा त्यसमा सवार दोमन राई र चक्रकुमारी राई गम्भीर घाईते भएका हुन् । 


स्थानीय दुधकोसी सामुदायिक वन समूहमा लागेको डढेलो निभाउन जाँदै गरेका उनीहरु सवार मोटरसाईकललाई घुम्तीमा अनियन्त्रित भएको बसले ठक्कर दिएर घाईते बनाएको स्थानीय अगम राईले बताए । उनका अनुसार दिउँसो १ः०० बजे भएको दुर्घटनामा घाईते दुवैजनालाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । 


राईद्वय श्रीमान् श्रीमति भएको बताइएको छ । दोमन वन समूहका उपाध्यक्ष र चक्रकुमारी सहसचिव भएकाले वनमा लागेको डढेलो निभाउन जंगलतर्फ जाने क्रममा दुर्घटनामा परेको स्थानीयले बताएका छन् । उनीहरु दुवैलाई सोमबार साँझै बिराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरेर सघन कक्ष (आईसियु)मा उपचार भईरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ । 


घाईतेहरुको उपचार र बसमाथि कारबाही तथा क्षति पुगेको मोटरसाईकको क्षतिपुर्तिको उचित व्यवस्था गर्न आफन्तले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।