ट्याक्टरबाट खस्दा लामगादेको ज्यान गयो

२0७७ चैत्र १५ आईतवार
ट्याक्टरबाट खस्दा लामगादेको ज्यान गयो

बेलटार, चैत १५


गुडिरहेको ट्याक्टरबाट खसेर गम्भीर घाईते भएका उदयपुर चौदण्डीगढी नगरपालिका २ का २८ वर्षीय रुपेश लामगादेको उपचार गर्न नपाई ज्यान गएको छ । मदन भण्डारी लोकमार्ग अन्तरगत चौदण्डीगढी नगरपालिका ४ बसाहा बर्खेडाँडामा स १ त ७६२० नं. को ट्याक्टरबाट खसेर घाईते भएका लामगादेको उपचार गर्न लाँदालाँदै बाटैमा ज्यान गएको हो । 


शनिबार राति १०ः०० बजेजस्तो समयमा गुडिरहेको ट्याक्टरबाट अचानक खस्दा पछाडिको पाङ्ग्राले छातिमा किचेर गम्भीर घाईते भएका थिए । तत्काल उद्धार गरी उपचारार्थ बेलटार अस्पतालतर्फ ल्याउदै गर्दा बाटैमा प्राण उडेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्याक्टर र चालक चौदण्डीगढी २ कै २६ वर्षीय टंक कामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक बिक र ट्याक्टर इलाका प्रहरी कार्यालय बेलटारमा राखेर अनुसन्धान प्रक्रिया सुरु भएको जिल्ला प्रहरीले जनाएको छ ।