लागुऔषधसहित एक पक्राउ

२0७७ चैत्र १३ शुक्रबार
लागुऔषधसहित एक पक्राउ

रामपुर, चैत १३


उदयपुर प्रहरीले एकजनालाई लागुऔषधसहित पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय रामपुरको टोलीले बिहीबार राति जिल्लाको बेलका नगरपालिका ४ गुरुङचौरीका ३५ वर्षीय अर्जुन राईलाई लागुऔषधसहित पक्राउ गरेको हो । 


इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाबाट खटेको विशेष टोलीले शंका लागेर शरीर खानतलास गरी चेकजाँच गर्दा उनको साथबाट नाईट्राभेट १० लेखिएको ट्याब्लेट १३ थान फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ । लागुऔषध नियन्त्रण गर्ने अभियान अन्तरगत खटेको विशेष प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 


राईलाई इप्रका रामपुरको हिरासतमा राखेर लागुऔषध विरुद्ध ऐन अन्तर्गत थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।