फरार २ अभियुक्त पक्राउ

२0७७ चैत्र १२ बिहीबार
फरार २ अभियुक्त पक्राउ

उदयपुर, चैत १२


दोषी करार भए पनि फरार रहदै आएका सदरमुकामका दुई युवा बुधबार पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयबाट दोषी प्रमाणित भई जरिवानाको सजाय सुनाए पनि भाग्दै आएका त्रियुगा नगरपालिका ९ रातमाटेका २४ वर्षीय रविन बिक र २१ वर्षीय नविन बिक पक्राउ परेका हुन् ।


एकाघरका दाजुभाई रहेका बिकद्वयमाथि जिल्ला प्रशासन कार्यालय उदयपुरको ०७७ भदौ १२ गतेको इजलासले ३२ हजार ६ सय ३१ रुपैंया जरिवाना तोकेको छ । सार्वज्निक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको मुद्धामा जरिवाना तोकिए पनि फरार उनीहरुलाई बुधबार राति साढे ९ः०० बजे जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो । 


उनीहरु दुवैलाई फैसला कार्यान्वयन गराउन बिहीबार जिल्ला प्रशासन कार्यालय पठाइएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन् ।