जुवा खालबाट नगदसहित ६ जना पक्राउ 

२0७७ चैत्र १२ बिहीबार
जुवा खालबाट नगदसहित ६ जना पक्राउ 

उदयपुर, चैत १२


उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहाबाट तास खेल्दै गरेको अवस्थामा ६ जना पक्राउ परेका छन् । बुधबार राति स्थानीय नन्दु थापामगरको घरमा तास खेलिरहेको अवस्थामा घरधनीसहित उनीहरु पक्राउ परेका हुन् । 


इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले स्थानीय ३८ वर्षीय थापामगरको घरबाट तास खेल्दै गरेको अवस्थामा चौदण्डीगढी ४ बसाहाकै ३६ वर्षीय उमेश घिमिरे, ३१ वर्षीय भाईकुमार राईलाई पक्राउ गरेको हो । उनीहरुसँगै सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका १ का ३७ वर्षीय कुमार राई, ४९ वर्षीय ढकबहादुर मगर र सप्तरीकै अग्निसाईर कृष्णशरण गाउँपालिका ४ का ४० वर्षीय बिनोदकुमार चौधरी पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।    


प्रहरीले उनीहरुको साथबाट ३४ हजार नगद, ३९ बुङ तास र ६ थान मोवाईल फेला पारी बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार पक्रउा सबैलाई इप्रका बेलटारकै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।