लागुऔषधसहित २ युवा पक्राउ

२0७७ चैत्र ११ बुधबार
लागुऔषधसहित २ युवा पक्राउ

उदयपुर, चैत ११


दिनहुँजसो लागुऔषधका अभियुक्त पक्राउ गर्दै आएको उदयपुर प्रहरीले बुधबार पनि दुई युवकलाई पक्राउ गरेको छ । बुधबार दिउसो १ः०० बजेको समयमा जिल्लाको चौदण्डीगढी नगरपालिका ६ बेलटार बजारबाट ३ युवा पक्राउ परेका हुन् । 

 

लागुऔषध कारोबार भईरहेको भन्ने सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको प्रहरी निरीक्षक कमाण्डको टोलीले ६८ एम्पुल (थान) लागुऔषध र ५० ग्राम गाँजासहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ६ का २५ वर्षीय प्रताभ मगर, सोही ठाउँका ३१ वर्षीय सुरज राई र चौदण्डी ४ का ३० वर्षीय सुमन राई रहेका छन् ।     


उनीहरुको साथबाट लुपिजेसिक २७ थान, फेनारगन २७ थान, डाईजेपाम २७ थान र ५० ग्राम गाँजा तथा ३ थान मोवाईसमेत बरामद भएको इप्रका बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ सबैलाई इप्रका बेलटारको हिरासतमा राखेर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।