लागुऔषधसहित कटारीबाट दुई युवा पक्राउ  

२0७७ चैत्र १0 मंगलवार
लागुऔषधसहित कटारीबाट दुई युवा पक्राउ  

उदयपुर, चैत १०


उदयपुरको कटारीबाट दुई युवा लागुऔषधसहित मंगलबार पक्राउ परेका छन् । लागुऔषध कारोबार भईरहेको भन्ने विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले कटारी नगरपालिका १ बेलस्रोतबाट उनीहरुलाई पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा कटारी नगरपालिका ३ का २२ वर्षीय ऐसान खान र सोही ठाउँका २० वर्षीय सुमन बोगटी रहेको इप्रका कटारीले जनाएको छ । चेकजाँचको क्रममा खानले लगाएको कालो ज्याकेटको गोजीमा कालो प्लास्टीकको झोलाभित्र लुकार्य राखेको खवस्थामा नाईट्राभेट १० लेखिएको ट्याब्लेट १४ थानको एक पत्ता र स्पास्मो प्राक्सीभोन प्लस नामक लागुऔषध ट्याब्लेट ७१ थान बरामद भएको छ । 


घट्नास्थल इलाका प्रहरी कार्यालय कटारीबाट १८ किलोमटिर टाढा रहेको छ । पक्राउहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लागुऔषध नियन्त्रण अभियानअन्तर्गत जिल्ला प्रहरीले एकपछि अर्को ठाउँबाट लागुऔषध र अभियुक्त पक्राउ गर्ने क्रम चलिरहेको प्रहरी भनाई छ ।